१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

११ वर्षीया बालिका डेजी भण्डारी सर्प उद्धारमा


१४ साउन, पोखरा । पोखरामा विगत डेढ दशकदेखि सर्पको उद्धारकर्ममा संलग्न आकाश भण्डारी लगायतको समूहले बुधबार पनि पोखरा महानगरपालिका-२६ लेखनानाथ बुढीबजारस्थित बराल डाँडाबाट स्थानीयको घर भित्र पसेको सेती नाग (एक थोप्ले गोमन)लाई उद्वार गरेको छ । उद्धारमा भण्डारीकी ११ वर्षीया छोरी डेजी भण्डारीले समेत सहयोग गरेकी छिन ।

उद्वार गरिएका सर्प जङ्गलमा लगेर छोडदै । पोखरा महानगरपालिका-२६ लेखनानाथ बुढीबजारस्थित बराल डाँडाबाट स्थानीयको घर भित्र पसेको सेती नाग (एक थोप्ले गोमन)लाई उद्वार टोलीले बुधबार उद्वार गरि जङ्गलमा लगेर सकुशल छोडिदिएका छन । तस्वीरः राधिका कँडेल, रासस
उद्वार गरिएका सर्प जङ्गलमा छोडनु अघि तस्वीर खिच्दै उद्वार टोली । तस्वीरः राधिका कँडेल, रासस
लेखनाथको बराल डाँडाबाट उद्वार गरिएको सेती नाग (एक थोप्ले गोमन) । तस्वीरः राधिका कँडेल, रासस

आफुले उद्वार गरेको सर्प देखाउँदै पोखरा महानगरपालिका-६ जरेवर निवासी ११ वर्षिया बालिका डेजी भण्डारी । आफ्ना बाबाले उद्वार गरि ल्याएका सर्पलाई घाउ चोट लागेमा औषधि गर्ने र बाबासँगै बिगत एक बर्षदेखि सर्प उद्वार पनि गर्दछिन । तस्वीरः राधिका कँडेल, रासस

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०८:५६