१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

एमसीसी र कालापानीबारे राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मानिदैनः उपाध्यक्ष रावल


१ साउन, काठमाडाैँ । नेकपा एमलेका उपाध्यक्ष डा भीमबहादुर रावलले एमसीसी र कालापानीजस्ता विषयमा राष्ट्रहित विपरितको कसैको पनि निर्देशन नमान्ने उद्घोष गरेका छन । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्धय मावधकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले विना शर्त एमसीसी, नागरिकता, लिम्पियाधुरा-लिपुलेक-कालापानी विषयमा सहमत हुन दबाब दिएको विषय खुलासा गर्दै उपाध्यक्ष रावलले राजनीतिक भविष्य र राष्ट्रहित दाउमा राखेर केही नगर्ने बताएका छन ।

प्रचण्डले गरेको टिप्पणीमा प्रतिक्रिया दिँदै उपाध्यक्ष रावलले भनेका छन ‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन नेकपा (एमाले) लाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा-लिपुलेक-कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासंग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’

रावलले प्रचण्डको टिप्पणीपछि सार्वजनिक गरेको प्रतिक्रिया यस्तो थियो 

मैले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल’प्रचण्ड’ जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रमा आक्रोश व्यक्त गर्नुभएको रहेछ। मेरो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने ‘खेल’ भन्ने उहाँको हास्यास्पद र मनगढन्त भनाईका सन्दर्भमा यी कुराहरूमा ध्यान दिनु उचित हुनेछ:

-गठबन्धन प्रतिनिधि सभाको पुनःस्थापनाको लागि भएको हो। यस क्रममा शेर बहादुर देउवाजीलाई प्रमं बनाउने सहमति हो देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डजीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्र यादवजीको स्वार्थ महन्थ ठाकुरसंगको संघर्षमा जीत हासिल गर्ने र माधवकुमार नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको थियो।कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्। साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।

-प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन नेकपा (एमाले) लाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा-लिपुलेक-कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासंग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?

-हामीले सांसद पद मात्र होइन राजनीतिक भविष्य समेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रमं बनाउन योगदान पुर्यायौं। हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रो जस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो?

-मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई ‘नेताहरू बीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो। पार्टी फुटाएर देश,जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार ०९:४२