१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

आगामी चुनावमा माओवादी ७ सिटमै सीमित हुने, यस्तो छ प्रक्षेपण


१० साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्री छान्न नसक्दा आफू ठूलो तनावमा परेको बताएपछि पूर्वमाओवादी नेतासमेत रहनुभएका विश्लेषक मुमाराम खनालले तनाव व्यवस्थापनको तरिका सिकाएका छन ।

प्रचण्डलाई ट्विटरमा लेखेका छन, ‘प्रचण्डजी तनावमा हुनुहुन्छ रे । आफ्ना ४९ जना सांसदहरु सबै मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्दै हिड्छन् रे । पार्टीको भागमा जम्मा ७ जना परेका छन् रे । १७ महिना जसोतसो व्यवस्थापन गर्नुस् कमरेड, अर्को चुनावसम्म ठिक्क मन्त्री बन्न चाहिने ७ जना मात्र सांसद आउँछन् कुरो मिल्छ ।’

प्रचण्डले हिजो आफ्ना ४९ जना सांसद सबै मन्त्रीको दाबेदार भइदिएपछि आफूलाई ठूलो तनाव भएको सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिएका थिए । प्रचण्डले आफ्नो दुखेसो साटिरहँदा मन्त्री पम्फा भूसाल मञ्चमै थिइन भने मन्त्रीका तीब्र आकांक्षी देवेन्द्र पौडेललगायत पनि कार्यक्रममै रहेका थिए ।

मन्त्रीको आकांक्षी नभएका सांसदहरुले पनि दाहालको अभिव्यक्तिप्रति आक्रोस व्यक्त गरेका छन् । आफूहरुलाई एकै घानमा राखेर अपमान गरेको उनीहरुको भनाइ छ । ५३ सदस्य रहेको माओवादी केन्द्रका ४ जना एमालेमा गएपछि अहिले ४९ जना मात्रै सांसद छन् । फेसबुक र ट्विटरमा कतिपयले ४९ जनाभित्रै रहकेी पूर्वमन्त्री एवं दाहालकी बुहारी बिना मगरलाई मन्त्री बनाउन नपाएको झोंक फेरेको भन्दै ठट्टा र व्यंग्य गरेका छन् ।

@dainiki.com

४९ सांसद भएको माओवादीमा सबैले मन्त्री मागेपछि तनावमा प्रचण्ड For more details : www.dainiki.com/ www.youtube.com/dainiki

♬ original sound – dainiki.com – dainiki.com

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार ०९:३८