१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

भीम रावलका कारण रोकियो माधव नेपालको नयाँ पार्टी, रावलले राजिनामा फिर्ता लिने


७ साउन, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेका फर्किन तयार रहे सांसद पदबाट दिएको राजिनामा फिर्ता लिने भएका छन । बुधबार २ घण्टासम्म रावलको निवासमा नेपालसँग भएको छलफलमा समेत यही अडान राखेका थिए ।

उनले एमाले एकताका लागि १० बुँदे तयार पारेपछि माधव नेपालले यो त सबै चालबाजी हो, हामीले त नयाँ पार्टी खोल्ने हो, शोरबहादुर देउवालाइ मत दिने हो भनेपछि आक्रोशित बनेका रावलले सांसद पदबाटै राजिनामा दिएका थिए । रावललाइ राजिनामा फिर्ताको निर्णय लिन सुदुरपश्चिममा चार मन्त्री र १० सांसद मंगलबार काठमाडौँ आएका थिए ।

माधव नेपालले बुधबारको रावलसँगको भेटमा राजिनामा फिर्ता लिएर देउवा सरकारमा पार्टीको नेतृत्व लिएर सहभागी हुन अनुरोध समेत गरेका थिए । तर रावलले एमाले भन्दा कुनै पनि पार्टीमा नजाने र कुनै पनि पद आफूलाइ नचाहिएको बताएका थिए ।

कर्णाली र सुदुरपश्चिममा तीनै रावलको बलमा प्रदेश सरकार माओवादीलाइ जिम्मा लगाउन सफल माधव नेपाललले रावल विनाको आफ्नो टिमको कल्पना गरेका छैनन् । उनी कांग्रेसको पछि लागेर हिड्दा पनि उनले रावलको एक्लो साथ पाएका थिए ।

बाँकी स्थायी कमिटी सदस्यका हस्ताक्षर विज्ञप्ति जारी गर्ने बेलामा प्रयोग हुन्थ्यो तर उनीहरूले भौतिक रूपमा साथ दिएका थिएनन् । तर नेपाल समूहका तर्फबाट एकता कार्यदलका संयोजक रहेका रावलले आफैँले नेपालसँग सहमति गरेर तयार पारेको १० बुँदामाथि नकारात्मक टिप्पणी गरेर गलत बाटोमा हिँडेपछि रावलले खबरदारी गरेका हुन ।

रावलले भोलिकै दिनमा राजिनामा फिर्ताको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । बुधबार रावलको मुखभरीको जवाफ पाएपछि माधव नेपालले बिहीबार दिनभरीको भाषणमा पार्टी एकता हुनुपर्ने आशयका अभिव्यक्ति दिएका छन । उनले रावललै कारण नयाँ पार्टी गठनको प्रक्रिया समेत अवरूद्ध गरेका छन । माधव नेपालले आफू १० बुँदे अनुसार अघि बढ्न तयार रहेको बताएका छन ।

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार २१:५५