१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बिहीबार पनि घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


७ साउन, काठमाडाैँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १२७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १२:३०