१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा पहिलो दिन नै पर्यो २२ गुणा बढी आवेदन


१७ असार, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा पहिलो दिन नै ६ लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार ५ लाख ८८ हजार ३७२ जना आवेदकले ७९ लाख ५३ हजार ८७० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा २२ गुणा बढी आवेदन परेको हो ।

लघुवित्तले बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको छ ।

संस्थाको उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आईपीओको निष्कासन बन्द छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गते बैंकिङ समयसम्म हुनेछ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले मनकामनालाइ ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १८:०७