१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

लक्ष्मी बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायाे अनुमति


१७ असार, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डबाट लक्ष्मी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न अनुमति पाएकाे छ । बैंकले १० वर्ष अवधिकाे ८.५० प्रतिशत व्याजदर भएकाे ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । असार १५ गते बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएकाे हाे ।

जसमध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता व्यक्तिगत तवरमा अन्य संघ तथा संस्थाहरूलाई बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेकाे छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १२:२४