१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

माधव समूहको बैठक बस्दै, एमालेमै रहने कि देउवाको पछि लाग्ने भन्नेमा कित्ता क्लियर हुने


१७ असार, काठमाडाैँ । नेकपा एमालेको मधावकुमार नेपाल समूहले आफू निकटका स्थायी कमीटी सदस्यको बैठक बोलाएको छ ।  संस्थापन पक्षको निर्णयपछि नेता नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।

आजको बैठकले एमालेमै रहने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा पछि लाग्ने भन्नेमा कित्ता क्लियर हुने नेताहरूले बताएका छन । माधव समूहमा एमालेको १८ गते केन्द्रीय कमीटी बैठकमा अहिलेकै अवस्था जान नसकिने मत भएका नेताहरू पनि छन भने कांग्रेसको पछि लाग्दा धेरै फाइदा पाइन्छ भन्ने नेताहरू पनि छन । 

यद्पी प्रवभाशाली र जनाधार भएका नेताहरू भने एमालेमा रहनुपर्नेमा रहेका छन । उनीहरू निरन्तर वार्ता र छलफलमा रहेका छन । अब के गर्ने भन्नेमा एउटा प्रष्ट दृष्टिकोण बिहीबारको बैठकले तय गर्ने नेताहरूले बताएका छन । 

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १०:४१