१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

प्रधानमन्त्रीको हत्या गर्ने कांग्रेस सांसदको सबैले बिरोध गराैँः उपाध्यक्ष रावल


२९ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने अभिव्यक्ति दिने नेपाली कांग्रसका सांसद नरोत्तम वैद्यको सबैले बिरोध गर्नुपर्ने बताउनुभएको छ । ट्वीट मार्फत उहाँले कांग्रेस सांसद वैद्यको अभिव्यक्तिको बिरोध गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ ‘प्रदेश सभा सदस्य जस्तो कानूनको मर्यादाको रक्षा गर्नुपर्ने व्यक्तिले प्र.मं. केपीको हत्या गर्ने कुरा गर्नु आपत्तिजनक छ।यस्तो कुराको सबैले विरोध गर्नुपर्छ र त्यस्तो अभिव्यक्ति दिनेले सार्वजनिकरूपमा क्षमा माग्नु पर्छ।राजनीति सिद्धान्त, विचार,नीति, विधि, पद्धति र आदर्शबाट चल्नुपर्छ।’

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १६:०५