१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

अब नेपाली कांग्रेसले शंख, घण्ट बजाउने र थाल ठटाउने


२९ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले अब शंख, घण्ट बजाउने र थाल ठटाउने भएको छ । कांग्रेसका जिल्ला सभापतिहरूले संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि आक्रमण गर्ने सरकारका विरुद्ध सशक्त प्रतिरोधका कार्यक्रमहरू ल्याउन यस्तो सुझाव दिएका हुन ।

निषेधाज्ञाबीच सरकारको बिरोधका निम्ति सहज उपाय निकाल्न सुझाव दिइएको एक सभापतिले बताए । उनले सरकारको विरुद्धमा घरघरमा कालो झन्डा टाँग्ने, ब्ल्याकआउट गर्ने, शंख, घन्ट वा थाल ठटाउनेजस्ता विरोधका कार्यक्रम गर्ने गरी सभापतिलाइ सुझाव दिएको जानकारी दिए ।

जिल्ला सभापतिहरूको भर्चुअल संवादपछि केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै जिल्ला सभापतिहरूले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नेपाली राष्ट्रियता र सार्वभौमिकतालाई कमजोर तुल्याउने काम गरेको आरोप लगाए ।

जिल्ला सभापतिहरूले भदौभित्रै महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक अनिवार्यता रहेको भन्दै केन्द्रीय समितिको ध्यानाकर्षण पनि गराएको ती सभापतिले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १५:४९