१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बागमती प्रदेशमा एमाले एक ढिक्का, नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित


२९ जेठ, काठमाडाैँ । बागमती प्रदेशमा नेकपा एमाले एक ढिक्का भएको छ। प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गर्न एमाले एक ढिक्का भएको हो । एमाले एक ढिक्का भएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

शनिबार बसेको प्रदेश सभा बैठकबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । त्यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

शुक्रबार पाँच घण्टा नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।बिहीबार प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका थिए।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १५:११