१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

प्रधानमन्त्री ओलीको हत्या गर्छु भन्ने कांग्रेसको सांसदको दुई वटा नाम


२९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको हत्याका लागि तयार छु भन्ने नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यको नाममा दुई वटा पाइएको छ । उनले विवादित अभिव्यक्ति फिर्ता लिएको सन्दर्भमा जारी गरेको विज्ञप्तिमा दुईवटा नाम उल्लेख गरेका छन । उनको लेखटरप्याडमा अंग्रेजीमा जीवन डंगोल र नेपालीमा नरोत्तम वैद्य रहेको छ ।

वैद्यले विज्ञप्तिबाट प्रधानमन्त्रीको हत्याका लागि तयार छु भन्ने अभिव्यक्ति फिर्ता लिएका छन । आफ्नो अभिव्यक्तिलाई लिएर वैद्यले प्रदेशसभा बैठकमै पनि माफी मागेका छन् । वैद्यले प्रदेशसभा बैठकमा हिजो शुक्रबार दिएको आफ्नो अभिव्यक्ति फिर्ता लिँदै माफी मागेका हुन्।

सांसद वैद्यले आफूले आवेशमा आएर उक्त अभिव्यक्ति दिएको र आफ्नो अभिव्यक्ति गलत रहेको महसुस भएको भन्दै प्रदेशसभा बैठकबाट आत्मालोचना गर्दै अभिव्यक्ति रेकर्डबाट हटाउन अनुरोध गरे ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १३:००