१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

वैद्यले प्रधानमन्त्रीको हत्याका लागि तयार छु भन्ने अभिव्यक्ति फिर्ता लिए (भिडियोसहित)


२९ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशसभामा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीको हत्याका लागि तयार छु भन्ने अभिव्यक्ति फिर्ता लिएका छन । आफ्नो अभिव्यक्तिलाई लिएर वैद्यले प्रदेशसभा बैठकमै माफी मागेका छन् । वैद्यले प्रदेशसभा बैठकमा हिजो शुक्रबार दिएको आफ्नो अभिव्यक्ति फिर्ता लिँदै माफी मागेका हुन्।

सांसद वैद्यले आफूले आवेशमा आएर उक्त अभिव्यक्ति दिएको र आफ्नो अभिव्यक्ति गलत रहेको महसुस भएको भन्दै प्रदेशसभा बैठकबाट आत्मालोचना गर्दै अभिव्यक्ति रेकर्डबाट हटाउन अनुरोध गरे ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १२:४४