१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

एमाले एकताको सन्देश बागमतीबाट दिइदै, नीति तथा कार्यक्रम एक मतले पारित हुने


२९ जेठ, हेटाैँडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम नेकपा (एमाले)ले एकमतले पास गर्ने भएको छ । शनिबार बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिनुभएको मुख्य सचेतक दीपक निराैलाले जानकारी दिनुभयो ।

शाक्यले सर्वोच्चको फैसलाले एमाले एकताका लागि एक खालको कोशेढुंगा बन्न सक्ने भन्दै एकताको माहौल बनोस् र त्यसको उदाहरणीय काम बागमतिबाटै सुरू होस् भनेर सन्देश दिन आफूहरू एक भएको बैठकमा बताउनुभएको थियो । नेतृ शाक्यले आफूहरूलाई मुख्यमन्त्रीले सोधेको स्पष्टिकरण लिखित रूपमै फिर्ता लिइसकेकोले त्यसबाट पार्टी एक हुने विषयमा एक खुड्किलो अगाडि बढेको जानकारी बैठकमा गराउनुभएको थियो ।

बैठकले प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै रेकर्डबाट हटाएर लिखित रूपमा माफी माग्नुपर्ने निश्कर्ष निकालेको मुख्यसचेत निराैलाले जानकारी दिनुभयो । नेकपा एमाले बागमती प्रदेशको बैठक मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार ११:५५