१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

वैद्यलाई २४ घण्टाभित्र प्रहरीले कारबाही नगरे अनेरास्ववियूले गर्छः अध्यक्ष महर


२९ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को भ्रातृ संस्था अनेरास्ववियूले प्रहरी प्रशासनले अपराधिक अभिव्यक्ति दिने नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यमाथि २४ घण्टाभित्र कारबाही नगरे आफैँले कारबाही गर्ने चेतावनी दिएको छ । शनिबार बिहान अनेरास्ववियूका अध्यक्ष ऐन महरले एक विज्ञप्ति प्रकाशित गर्दै वैद्यलाई सांसद पद बाट निलम्बन गर्दै कानुनी कारबाही गर्न नेपाल सरकार र प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सत्ता भन्दा बाहिर रहनु पर्दा सत्ता प्राप्तिको लागि कांग्रेस कुन हदसम्म जान सक्छ भन्ने कुरा बुझ्न बागमती प्रदेश सभाको बैठकमा कांग्रेस सांसद वैद्यले दिएको अभिव्यक्ति काफी हुने बताउनुभएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १०:२५