१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

प्रधानमन्त्रीको हत्याको धम्की दिने वैद्यलाई फाैजदारी अभियोगमा कारबाही गर्न एमालेको माग


२९ जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले नेपाली कांग्रेसका वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यलाई फाैजदारी अभियोगमा कारबाही गर्न माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार बिहान विज्ञप्ति जारी गर्दै वैद्यलाई कारबाही गर्न माग गर्नुभएको हो । ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

वैद्यले ओलीकालागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको र अाफू त्यो बन्ने बताएका थिए । नाथुराम गोट्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १०:१२