१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

२२ जिल्ला कोरोना संक्रमणको संवेदनशील सूचीमा, यस्ताे छ स्वास्थ्य मन्त्रालयकाे अपिल


१७ वैशाख, काठमाडाैँ । स्वास्थ्य मन्त्रालयले २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै  सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । शुक्रबार मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन अपिल गरेकाे हाे ।  मन्त्रालयले सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन समेत आग्रह गरेको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशिल बन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार १५:२२