२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

मंगलबार घट्यो सुनको मूल्य, कति पुग्याे तोलामा ?


७ वैशाख, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । आज सुनको मूल्य ३ सय रुपैयाँले घटेर हाे ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन  तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै, आज तेजावी सुनको मूल्य  ९० हजार २ सय रुपैयाँमा काराेबार भएको छ । सोमबार तेजावी सुनको मूल्य ९० हजार ५ सय रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार ११:५२