१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


३० चैत, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । आज सुनको मूल्य १ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला  सुन तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाला सुन तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे ।

प्रतिकात्मक तस्बिर ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ८९ हजार १ सय ५० रुपैयाँमा काराेबार भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५० रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलाको १२७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार ११:३२