१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

माधव नेपालले व्यक्तिको नाममा गरेको ८ रोपनी सरकारी जग्गा ओली सरकारद्धारा फिर्ता


१० चैत, काठमाडौँ । भूमाफियाको सेटिङमा तात्कालीन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौँको धोविखोला किनारको ८ रोपनी तीन आना जग्गा व्यक्तिको नाममा गराएका थिए । तर नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले व्यक्तिको नाममा बनाइएका सरकारी जग्गा सरकारै नाममा ल्याएको छ आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले समाचार लेखेका छन । 

माधव नेपालले व्यक्तिका नाममा गरेको सरकारी जग्गा रातो घेरामा । तस्बीरः अन्नपूर्ण पोस्टका फोटोग्राफर अशोक दुलाल

एक दशकअघि माधव नेपाल र तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठका पालामा २०६७ सालमा मन्त्रिपरिषद्को निर्णयमार्फत नै गुठीको जग्गामा मोही कायम गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार मोही कायम भई २०७१ कात्तिक ३ गते पूर्णबहादुर थापासहित पाँच जनाको नाममा दर्ता भएको जग्गा सरकारले फिर्ता लिएको हो । माधवकुमार नेपाल तीनै व्यक्ति हुन जसले बालुवाटारको ललिता निवासको जग्गामा भूमाफियाको माग बमोजिम बाटो खोलिदिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार ०८:५०