१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

झिल्के मन्त्री हुन्च हुन्च


-अर्जुन पाण्डे 

भोली सम्सद पुनर्स्थापना हुनेछ,

टाउकाको मोलतोल हुन थाल्नेछ,

हाम्रो झिल्केले पनि भकारी भरी रुप्याका बीटा हाल्नेछ,

इष्टमित्र जम्मा गर्नेछ,

घोर्ले खसी ढाल्नेछ ।

बाकी दुइबर्ष मज्जाले खानेछ,

अघाउजी गरी खानेछ ।

फेरी झण्डावाल गाडी चड्नेछ,

ज्यान फालेर कुर्सी तर्फ अघी बढ्नेछ ।

जती चडाउनु पर्छ नजराना चडाउने हो,

यसपाली त काठमाडौं मा घर ठडाउने हो ।

नत्र जीवन अत्यन्तै साह्रो भो,

हनुमान पाल्न गाह्रो भो ।

त्यसैले,

सोह्रै आना

सम्सद पुनर्स्थापना हुन्छ हुन्छ,

हाम्रो झिल्के मन्त्री हुन्छ हुन्छ ।

भाग्यमा बिजुली बल्छ बल्छ,

तालुमा आलु फल्छ फल्छ

भन्दै झिल्के बिउझेछ,

ज्या, यो त सपना पो रेछ ।

पाण्डे पर्यटन व्यवसायी हुन । 

 

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार २०:५६