१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

टुर दि ठाकुरद्धारा साइकलयात्राकाे तेस्रो संस्करण माघ २३ र २४ गते


२१ माघ, नेपालगंज । पर्यटन प्रर्वधन उदेश्य राखेर नेपालगन्जको साइक्लिङ्ग क्लवले टुर दि ठाकुरद्धाराको तेस्रो सस्करणको तयारी पुरा गरेको छ । स्वास्थ्य, पर्यावरण र पर्यटन का लागि साइकल भन्ने मुख्य नारा बोकेर देश बिदेश बाट कार्यक्रममा सहभागिता जनाउने साइक्लिस्टहरुलाई नेपालगन्ज शहर घुमाउने र बाँके र बर्दिया जिल्लाका पर्यटकीय क्षेत्रको भ्रमण गराउने मुख्य लक्ष्य लिएर २०७५ देखी शुरु गरिएको कार्यक्रममा यस वर्षपनि १५० जना साइक्लिस्टहरु सहभागिता रहने कार्यक्रम संयोजक सतिस निरौलाले बताउनु भयो ।

बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै यी दुबै जिल्लाको पर्यटन उत्थानका लागि टेवा पुर्याउने बिश्वासका साथ तेस्रो सस्करणमा आइपुग्दा पर्यटनको क्षेत्रमा काम गर्ने सस्था नाटा बाँकेलाई समेत क्लवले जोडेको छ । पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका सहित बाँके र बर्दियाका स्थानीय तह, पर्या पर्यटन मंच बर्दिया सहित झन्डै दर्जन बढी संघ सस्था र निजि क्षेत्र ले सहकार्य गरेको कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए ।

यसबर्ष भारतको बरेली बाट ३, नैनिताल बाट १ र ओडिसा बाट १ गरि ५जना साइक्लिस्ट सहित देशभर का १५० जना साइक्लिस्टहरुले कार्यक्रममा सहभागिताको लागी नामान्कन गरिसकेको संयोजक निरौलाले बताए । यस बर्ष पनि विश्व साइकल यात्री पुष्कर शाहले राइडको नेतृत्व गर्ने आयोजकले जनाएको छ । साइक्लिस्टहरुले बाँके र बर्दिया जिल्लाका पर्यटकीय स्थलको भ्रमण गर्दै यसको प्रचारप्रसारमा टेवा पुर्याउने आसा व्यक्त गरिएको क्लवका अध्यक्ष गगन थापाले जानकारी दिए । यस पटक १२ जना महिला साईक्लिस्टको पनि सहभागीता रहने छ ।


नेपालगन्जको बागेश्वरी मन्दिर प्राङ्गण बाट माघ २३ गते बिहान् ८ बजे शुरु हुने साइकल यात्रा नेपालगन्ज शहर परिक्रमा गर्दै जानकी, खजुरा, बढैयाताल, गुलरिया, कृष्णसार, मधुवन ताराताल, ओरालिबजार, डल्ला होमस्टे हुँदै ठाकुरद्वार मन्दिर सम्म को साइकल पुरा गरि विश्राम गर्ने र भोलिपल्ट बिहान ठाकुरबाबा मन्दिरको दर्शन ,बर्दिया रास्ट्रीय निकुञ्जको भ्रमण, नेपालकै लामो पुल गेरुवा कर्णाली पुल, घुमेर साझ थारु सास्कृतिक कार्यक्रमको आयोजना गरिने अध्यक्ष थापाले जनाए ।

भोलिपल्ट बिहान् २५ गते सबै साइक्लिस्टहरु बबई हुँदै सत्खलुवातालको अवलोकन गर्ने साथै सबै सहभागीलाई सत्खलुवामा बारबर्दिया नगरपालिकाले स्वागत सहित दिवाखानाको ब्यबस्थापन गरेको कल्वले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साइक्लिस्टहरुले बासगढी नगरपालिकामा रहेको प्रसिद्ध ॐ केदारेश्वर धाम पुगेर औपचारिक रूपमा कार्यक्रमको समापन ॐ केदारेश्वर धाममा गरिने कल्वका अध्यक्ष थापाले जनाए । साइकल यात्राका लागी देशैभरीबाट साइकल यात्रीहरु भोली सम्म नेपालगंज पुग्दै छन । सोही साइकलको समापनसँगै काठमाडौबाट गएका साइकल यात्रीहरुले महाकाली देखी मेची सम्म साइकल यात्रा गर्न लागेको ओशो पुजारीले बताउनु भयो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार २१:१४