१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

हास्दैँ, गाउँदैँ, नाच्दैँ घुमौँ नेपाल


-भुमराज तिवारी

१९ माघ, काठमाडौँ । पछिल्लो समय काठमाडाैँ वरपरका डाँडाँकाडाँ घुम्ने संस्कृतिको विकास हुदै गएको छ । हरेक हप्ता जसो विभिन्न समुह बनाएर फरक फरक गन्तव्यमा घुम्न निस्कने मानिसहरुको जमात बढ्दै गएको छ । घुम्ने भन्ने वितिकै महङो हुने हो कि भन्ने चिन्ता हुन्छ तर केही घुमाई साच्चै अपत्यारिलो सस्तो हुन्छ । त्यस्तै मध्येको सस्तो र स्वास्थ्य वर्धक घुमाई हो हाइकिङ ।

विहान आफनो बासस्थानबाट हिँडेर बेलुका आफनै बासस्थानमै फर्कनु नै हाइकिङ हो । कतिपय अवस्थामा हाइकिङ सुरुवात हुने स्थान सम्म हिँडेरै जान लामो हुने भएमा गाडी चढ्न पनि सकिन्छ । तर मज्जाले हिड्नु नै हाइकिङ हो । हिड्दा पसिना आयो भने खुसी हुनुहोस किनकी त्यो बहुमुल्य पसिना तपाईको आफनै मेहेनतले आएको हो ।

प्रायजसो हाइकिङमा आफैँले दिउँसोको खाजा र पानी बोक्ने चलन छ । आफैँले बनाएको मिठा-मिठा परिकार आफनै परिवारका सदस्य तथा साथीभाईहरुसँग बसेर नयाँ ठाउँमा खाँदा त्यसको मज्जा नै बेग्लै हुन्छ । पसलहरुको खाना अस्वस्थकर तथा महङ्गाे समेत हुन्छ । त्यसैले खाना र पानी आफैले बोक्ने हो भने सस्तो र मिठो हुन्छ । हाइकिङमा फलफुल र पानी धेरै खायो भने शरीरमा उर्जा प्राप्त हुन्छ । हाइकिङमा हाँस्दै गाउँदै, नाच्दै रमाउन पाइन्छ । निष्फ्रिकी आनन्द र ध्यानमा डुब्न पाइन्छ । नयाँ-नयाँ साथी बनाउन पाइन्छ अनि फेरी नयाँ गन्तव्यमा जान उत्साह पाइन्छ ।

हाइकिङको लागी काठमाडौँ वरपरका गन्तव्यहरु प्रचलित हुँदै गइरहेका छन । त्यस्तै, गन्तव्यहरुमा पर्यटन प्रवर्धनका हिसावले आन्तरिक पर्यटकलाई घुमाउने संस्था तथा व्यक्तिहरु पनि सक्रिय छन । त्यस्तै मध्येको एक नयाँ संस्था हो घुमाैँ नेपाल ।

नेपालको पर्वतिय पर्यटनमा लामो समयदेखी विदेशी नागरिकहरुलाई गाईड गर्दै ट्रेकिङ कम्पनी संचालन गर्दै आउनु भएका रमेश तामाङ र मन राज गुरुङ ले कोरोना कालमा आफनो अनुभव नेपालीहरु माझ बाँड्ने मनसायले घुमौँ नेपाल अभियान सुरु गर्नुभएको हो । प्रत्येक हप्ता जसो शनिवार हाइकिङ गर्दै आउनु भएका वहाँहरुले नेपालीमा पनि घुम्ने बानीको विकास र प्रकृतिसँग नजिक हुने चाहना बढि नै पाएको बताउनु हुन्छ । विदेशीलाई मात्र घुमाउने सिप र क्षमताको नेपालीमा पनि प्रयोग गरौ भनेर गरिएको सुरुवातले राम्रो सफलता पाउँदै गएकोमा दंग हुनुहुन्छ मनराज गुरुङ ।

घुमौँ नेपालले हाइकिङ गर्दा घुम्ने ठाउँको बारेमा विस्तृत जानकारी गराएर टिममा सवैको परिचय सहित हाइकिङमा पालना गर्नुपर्ने नियम बताएर कार्यक्रम उद्घाटन गर्ने गरिएको मनराज गुरुङले बताउनु भयो । प्रकृतिको सम्मान र वातावरणीय लाभ लिनलाई वहाँहरुले साना बालबालिका देखी वृद्ध वृद्धाहरुलाई समेत हाइकिङमा समावेश गराउनु हुन्छ ।

घुम्नै पर्छ भन्ने संस्कार विकास गर्नलाई कार्यक्रमले धेरै शहरीया व्यक्तिहरुलाइ गाउँघरको जीवनशैलीको अनुभव, पानीको मुहान, खेतीपातीको अवलोकन देखी चराचुरुङगी देखाउने अनि फोटो खिचाउने कला सम्म सिकाउनु हुन्छ । तनाव र एक्लोपनमा हुनेहरुलाई आफना अनुभव र जीवनशैली साटासाट गरी सकारात्मक उर्जा भर्न कार्यक्रम झनै फलदायी भएको रमेश तामाङले बताउनु भयो ।

पर्यटन पुरानो लयमा फर्कनु अघिसम्म घुमौँ नेपाललाई निरन्तरता दिने वहाँहरुको सोचाई छ । कमाउन भन्दा पनि आफनो सिप र क्षमताको उपयोग नेपालीहरुलाई होस भनेर हाइकिङ गर्ने गरिएकोले गन्तव्य अनुसार न्यूनतम मूल्यमा कार्यक्रम गर्ने गरिएको वहाँहरुको भनाई छ । आफनो पेशा नै गाईड भएकोले नेपालीहरुलाई खुसी बनाएर नचाउदै, हँसाउँदै घुमाउदै आउनु भएको छ । मिठा मिठा स्वास्थ्यवर्दक खाना खान उत्प्रेरणा दिने वहाँहरुले सामान्य योगाभ्यास समेत गराउनु हुन्छ ।

तपाईहरु पनि घुमाैँ नेपाल सँग काठमाडौ वरपर घुम्न चाहानुहुन्छ भने वहाँहरुलाई सामाजिक सञ्जाल तथा फोन मार्फत जोडिन सक्नुहुनेछ । रमेश तामाङ ९८०८८८११९० मनराज गुरुङ ९८४१४८४५५६ यसै हप्ता मात्र नार्गाजुन डाँडामा हाइकिङ गराउनु भएका वहाँहरुका केही फोटाहरु । (फोटोहरूः रमेश तामाङ र मनराज गुरुङ )

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १७:०६