१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

माडी चिनाउने साइकल यात्रा राइड टु सोमेश्वरगढी (फोटोफिचर)


भुमराज तिवारी/नवराज पुडासैनी

१९ माघ, काठमाडौँ । नेपालकै प्रमुख साइकल चलाउने शहर मध्ये एक चितवनमा आजभोली साइकल भन्दा बढि अन्य सवारी साधनहरुको उपयोग बढ्दो छ । केही समय अगाडीसम्म साइकललाई सानको रुपमा हेरिन्थ्यो तर आजभोली बढ्दो व्यस्तता र अन्य सवारी साधनको उपलब्धताले यो क्रम घट्दै गइरहेको छ ।

पर्यावरण र स्वास्थ्य दुवैको लागी साइकल भन्दा अन्य उपयुक्त सवारी साधन भेटिएको छैन । जनजीवनका हरेक पक्षसँग जोडिने पुराना साइकलको प्रयोग विस्तारै कम हुदै जाँद चितवनमा यतिखेर माउन्टेन वाइक चढ्नेको संख्या बढ्दै छ । तुलनात्मक रुपमा महङगो पर्ने माउन्टेन वाइक उकाली र ओराली दुवै स्थानको लागी उपयुक्त मानिन्छ । आधा घण्टा मात्र साइकलको प्याडल चलाउँदा पसिना तरर आउँछ ।

पर्यटन र पर्यावरणको प्रवद्र्धन गर्नको लागी एक सपना साइकल र सफा नेपाल तथा वा वाइकको आयोजना तथा विभिन्न सरकारी र नीजि संस्थाको सहयोगमा शहिद दिवसको अवसर पारेर राइड टु सोमेश्वरगढी साइकल यात्रामा सहभागी हुने अवसर मिल्यो । भरतपुर महानगरपालिकाबाट सुरु भएको साइकल यात्रा पटिहानी, वनकट्टा हुदै माडीको सोमेश्वरमा पुगेर पहिलो दिनको कार्यक्रम बेलुका ८ बजे समापन भयो ।

साइकल यात्रीहरुको सम्मानमा आमा समुह, महिला समुह, विद्यालय तथा नगरपालिकाले हौसला प्रदान गरेका थिए । साइकल यात्रीको सम्मानमा दराइ र वोटे समुदायको नृत्य र संस्कृति प्रस्तुत गरिएको थियो । सौराहा लगायतका स्थानमा देखिने भन्दा फरक खालको संस्कृति र नृत्य थियो माडीमा ।

करिव ७० किलोमिटरको साइकल यात्रामा ११० भन्दा बढि सहभागी थिए । काठमाण्डौ लगायत अन्य १२ जिल्लाका सहभागी साइकल यात्रामा विश्वकै सवैभन्दा अग्लो साइकल आकर्षणको केन्द्र रहयो । भारतको चण्डीगढबाट जोनी आफैले तयार पारेको साइकल गाडीमा हालेर माडीमा ल्याएर गुडाएका थिए ।

राम जन्मभूमी अयोध्या र वैकुण्ठ तालको अवलोकन र पदयात्राले यात्रा अझै रोमाञ्चक बन्यो । आन्तरिक पर्यटनको प्रवद्धन गर्न सके मात्र माडीको मुहार फेरिनेमा कुनै शंका छैन । माडीमा रिर्सोट खोल्ने योजनामा पुगेका कलाकार राता मकैले माडीलाई नेपालको मणी सँग तुलना गरेका थिए ।

कसरा देखी बनकट्टा क्षेत्रमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भने त्यस क्षेत्रको लागी अभिसाप बनेको रहेछ । बारम्बार जंगली जनावर र मानिसको भिडन्त र त्यसको निराकरणको लागी उपयुक्त उपायको खोजी अहिलेको मुख्य आवश्यकता हो ।

पहिलो चोटी साइकल यात्रामा सोमेश्वरगढी र वैकुण्ठ ताल पुगेका विश्व साइकल यात्री पुष्कर शाहले साइकल अव विस्तारै शानको विषय हुदै गएकोमा खुसी व्यक्त गर्दै साइकल सम्बन्धी हरेक गतिविधिमा आफु उतिकै जोशका साथ सहभागी हुने प्रतिवद्धता व्यतm गर्नुभयो । माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले पर्यावरण र पर्यटन दुवैको प्रवद्र्धनको लागी साइकल सम्बन्धी गतिविधिमा नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।

हामी अव साइकल लेन पनि बनाउने सोचमा छौ मेयर ढकालले भने साइकललाई माया गर्ने मान्छे हुँ म । साइकल संस्कृतिको प्रवद्र्धनमा नियमित कार्यक्रम आयोजना गर्ने सोच बनाएको साइकल अभियन्ता रुक्मीणी सापकोटा र जीवन क्षेत्रीले बताउनु भयो । सहरमा भन्दा गाउँमा साइकल चलाउँदा मज्जा आउने साइकल यात्री कमला पुनले बताउनु भयो । साइकल यात्रामा खिचिएको फोटोहरु ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १३:४८