१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आइपिओ निष्काशन गर्ने


२९ पुस, काठमाडाैँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आइपिओ निष्कासन गर्ने भएकाे छ । प्रिमियममा आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको हाे । पुस २६ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे साधारण सभा माघ २२ गते कम्पनीकाे रजिष्टर्ड कार्यालय काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।


सभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रिमियममा निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै सभामा  आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरीने छ । साथै उक्त सभामा लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरूमा छलफल गरी पारित गरिनेछ ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १४:४४