१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

अर्थमन्त्री पौडेलको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त


४ कात्तिक, काठमाडाैँ । अर्थमन्त्री विष्णु पौडेलकाे आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई कात्तिक ३ गते अर्थमन्त्री पौडेलले आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागमा कार्यरत श्रेष्ठ यसअघि पनि लुम्बीन प्रदेशको योजना आयोगको उपाध्यक्ष बनेका थिए ।

राष्ट्र बैंकको निर्देशक हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएका श्रेष्ठ कार्यकारी निर्देशकमा बढुवा भएसँगै राष्ट्र बैंक केन्द्रीय कार्यलयमा तानिएका थिए । उनी राष्ट्र बैंकबाट काजमा अर्थ मन्त्रालय जानेछन् । तालुकदार मन्त्रालयको रुपमा यसरी काजमा लैजाने सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार १३:४३