१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नविकरण शुल्क बुझाएपश्चात दुई कम्पनीको शेयर कारोबार फुकुवा


३ कात्तिक, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीहरुको शेयर कारोबार फुकुवा गरेको छ। वार्षिक नवीकरण शुल्क नबुझाएपछि नेप्सेले आइतबार नियमित कारोबार हुने २५ सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेले हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको हो। नविकरण शुल्क बुझाएपश्चात यी दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिएको हो।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १३:०९