१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आईपीएलमा चेन्नाई सुपर किंग्सको तेस्रो जित, सनराइजर्स हैदरावाद २० रनले पराजित


२८ असोज, काठमाडाैँ । आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सले तेस्रो जित निकालेको छ । मंगलबार अबेर दुबईमा भएको खेलमा चेन्नाईले सनराइजर्स हैदरावादलाई २० रनले पराजित गर्यो । आईपीएलको यो सिजनमा हैदरावादको यो पाँचौं पराजय हो ।

हैदरावादसामु १६८ रनको चुनौती पेश गरेको चेन्नाईले अन्ततः २० रनले जित निकाल्न सक्यो । १६८ रनको चुनौती पछ्याएको हैदरावाद ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनमै समेटियो । जितसँगै चेन्नाई अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। चेन्नाई, हैदरावाद र राजस्थान रोयल्सको समान ६–६ अंक बनाएका छन ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ०७:४२