१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेकपाका नेता अधिकारीलाई मातृ शोक, माता अन्नपूर्ण अधिकारीको निधन


३१ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता काशिराज अधिकारीलाई मातृ शोक परेको छ । अधिकारीको माता अन्नपूर्ण अधिकारीको ८२ वर्षको उमेरमा बुधबार दिउँसो आफ्नै निवासमा निधन भएको हो । विभिन्न स्वास्थ्य समस्याबाट पीडित अधिकारीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

स्वर्गीय अधिकारी नुवाकोटमा छँदा सामाजिक अभियानमा क्रियाशिल हुनुहुन्थ्यो । स्वार्गीय अधिकारीको तीन छोरा र चार छोरी हुनुहुन्छ । नेता अधिकारी जेठो छोरो हुनुहुन्थ्यो । हाल नेकपा नुवाकोटको सचिवालय सदस्य एवं पर्यटन विभागको प्रमुख हुनुहुन्छ । उहाँ थानसिङ गाविसको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १५:१०