१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एलिजा र दुर्गेशको अभिनयमा ‘घाँसको माया गाईलाई’ सार्वजनिक


२८ भदाै, काठमाडौँ । अभिनेत्री एलिजा गौतम र दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा राजनराज शिवाकोटी र रेखा ढुंगाना कटुवालको स्वर तथा राजेन्द्र थापाको शब्द रहेका छ । गीतमा संगीत पनि गायक शिवाकोटीले नै दिएका छन् ।

रामजनक कटवाल निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन शिब बिकले गरेका हुन् । भिडिओमा बालकलाकारमा भेनस विक्रम कटवालको पनि अभिनय रहेको छ । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । गीतलाई ईनाक्षी ईन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार ११:४७