१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सीमित स्रोत र साधनकाबीच कोरोनाविरूद्ध लड्न सरकारले गरेका प्रयास प्रशंशनीय


-तिलोत्तम पौडेल

विश्वमा महामारीको रूपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड–१९) लाई समयमा नै पहिचान गरी यसको रोकथाम, नियन्त्रण, उपचारमा सहजीकरण र सहयोग गर्नका लागि विश्व भरीका सरकारको तर्फबाट पहल कदमी भईनै रहेको छ । त्यस्ता कार्यमा नागरिक संघसंगठन, विकासका साझेदार संस्था र आम नागरिकले सक्दो सहयोग गरिनै रहेका छन् ।

हिजो सार्वजनिक ठाउँमा हुने मेटघाट, छलफल वैठक पैरवीका कार्यक्रमहरु भर्चुयल हुन थालेका छन् । विश्वका २ करोड, ४८ लाख, ९८हजार ८ सय ३८ जना कोभिडबाट संक्रमित भएका छन् । ८ लाख ४० हजार ६ सय ६१ जनाको कोभिडका कारण मृत्यु भएको छ । संक्रमित मध्ये १ करोड ७२ लाख ८९ हजार ७ सय ९ जना निको भई घर समेत फर्केको अवस्था छ ।

हालसम्म विश्वमा कोरोना संक्रिमत मध्ये जम्मा ५ प्रतिशतको मात्र मृत्यु भएको छ भने ९५ प्रतिशत मानिस निको भएर घर फर्किएको अवस्था रहेको छ । नेपालमा कोभिडको असर सँगसँगै प्रविधि मैत्री बन्न र विज्ञान प्रविधि सञ्चारमा लगानी गर्न कोभिडले थप घच्घच्याई रहेको छ । के बालक के युवा के वयस्क सबैलाई प्रविधि सूचना तर्फ ध्यान केन्द्रित गरेको छ ।

नयाँ नौलो पहिलो पटक यस्तो महामारीबाट विश्व नै असुरक्षित हुँदा चिन्ता र चासो राख्नु स्वभाविक हो । हतोत्साहित नहुन, नआत्तिन, सुरक्षित रहन गरेका कतिपय आग्रहहरू पनि स्वीकार गर्न मुस्किल थियो । किनकि कोरोनाको परीक्षण गराउन एकमात्र स्थान टेकुमा प्रयोगशाला भएको अवस्थामा त्यहाँ नै पठाउनु पर्ने थियो । त्यो पनि के–कसो हो भनेर ल्याब टेस्टको लागि हङ्कङ् नै पु¥याउनु परेको स्थिति थियो ।

विगतमा टेकु बाहेक एउटा पनि उपयुक्त ल्याब नभएको र हिजो आफू जिम्मेवारमा रहदा ध्यान दिन नसकेको, आफू सत्ता बाहिर हुँदा सहयोग समन्वय, सहकार्य गर्ने भन्दा पनि कोरोनालाई असफल पार्ने भन्दा पनि राज्यलाई असफल पार्न खोजेकाहरुले सामाजिक सञ्जालमा प्रस्तुत गरेको धारणाहरु पनि सरकार सुन्न बाध्य थियो । त्यो स्थितिमा सुधार हुँदै गएको छ ।

¥यापिट टेस्ट किट, पि.पि.सेट, थर्म गर्न, माक्स विश्वबजारमा नै नपाएको स्थितिमा स्वास्थ्यमन्त्री र सरकारका विषयमा छिटो छरितो ल्याउन सकारात्मक दवाव दिनु त राम्रो थियो । एकातिर माग गर्ने अर्कोतिर अवरोध गर्न खोज्ने, आफ्नै पार्टी भित्र बाहिर यस्ता पक्ष प्रतिपक्ष, व्यक्तिगत, राजनीतिक, सबै कुरा जोड्ने, कोरोनासँग लड्ने भन्दा पनि सरकार र स्वास्थ्यमन्त्रीसँगै लड्ने जस्ता प्रचारप्रशार गरेको तितो यथार्थ हाम्रो सामू विद्यमान नै थियो । तथापी निरन्तर रुपमा सबै जनाले काम गरेकै थिए । स्वास्थयमन्त्री ढकालले सबै खालका प्राहार सहेर निरन्तर जसरी नेतृव दिए त्यसले कोरोनाविरूद्धको लडाइँ प्रभावकारी नै बनायो ।

मानिसलाई संयमित, भयविद नभईकन रोग विरुद्ध लड्न सबै स्वार्थ त्यागेर एकताबद्ध ढङ्गबाट अघि बढ्ने समयमा सामाजिक सञ्जालमा आफू नेतृत्वमा पुग्दा वा चाहे सत्तापक्ष, चाहे प्रतिपक्ष, चाहे आफू सरकारी कर्मचारी ओहदामा रहदा उपलब्धी हासिल गर्ने कार्य नगर्ने तर सरकारले गरेन, सुझाव दिने नाममा सामाजिक सञ्जालमा सेलिब्रेटी र चुनाव प्रचारको जस्तै मसला बनाउने काम केही सञ्चारमाध्यम, बौद्धिक वर्ग, राजनीतिकगणहरू बाट प्रहार भई नै रहेका छन् यथार्थ र सकारात्मक आलोचनालाई सुझावको रुपमा ग्रहण गर्ने राज्यको दायित्व पनि हो ।

घरमा बसेर सरकारले गरेको लकडाउनलाई सम्मान गरिहेका जनताहरूलाई झनै दिगभ्रमित पार्ने कार्यमा त्यस्ताकुरा नकारात्मक असर ग¥यो । लकडाउनको असर आर्थिक र सामाजिक रुपमा पर्नु स्वाभाविक नै हो । यो नेपाल जस्तो अल्प विकसित देशको लागि झनै ठूलो चुनौती नै हो । हाम्रो देश दशकौँदेखि विपत माहामारीको लागि जुन पूर्व तयारी व्यवस्थापन हुनुपर्ने हो । त्यसमा भूल भएकै हो । यसमा सुधार गर्न जरुरी छ । तथापी केही पनि गर्न नसकेको भने होइन । विश्वका अरु सम्पन्नशाली देशको अवस्था पनि हामीले हेरेका नै छौँ ।

संघीय हुँदै प्रदेश र स्थानीय तहमा प्रकोप रोक्न समितिहरू बनाई कामहरू तिब्र गतिमा भईरहेको छ । स्थानीय तहहरूले आफै पनि सहयोग आह्वान गरे, सरकारले पनि कोषको स्थापना ग¥यो । उद्योग, व्यवसायी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी नागरिक संघ–संगठनहरूसँग छलफल हुन थाल्यो, दैनिक अपडेट हुन थाल्यो । प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न थालियो, विदेशमा रहेका नेपालीहरूको सन्दर्भमा सरकार प्रमुखहरू र मन्त्री स्तरमा छलफल कुराकानी भईरहेका छन् ।

देशमा भएको स्रोत साधनअनुसार देशमा नै नभएको मेडिकल उपकरणहरू रेपिट टेस्टकिट, माक्स, पिपि सेटहरू ल्याउने काम र प्रदेशहरू पठाउने कार्यहरू भए भने निक साइमन सहित एकद्वार प्रणालीलाई सम्मान गर्दै वल्र्ड भिजन इन्टरनेशन, गुड नेभर्स इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल, युनिसेफ, यु.एन.एफ.पि.ए. लगायतका विकासका साझेदार संस्था तथा अन्य उद्योगी, व्यावसायी, गैरसरकारी संस्थाहरूले आर्थिक भौतिक र नैतिक सहयोग प्रदान गरेका छन् । मनोविमर्श सेवा प्रदान गरेका छन् । अन्य नागरिक संघसंगठनले संघीय, प्रदेश र स्थानीय तह आ–आफ्नो तर्फबाट सहयोग पु¥याउँदै गएका छन् ।

विकासका साझेदार संस्था, नागरिक संघ संगठनको परिचालन र समन्वय गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य मिन बहादुर शाहीको संयोजकत्वमा गैर सरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामा, सहसंयोजक रहेको समिति समेत निर्माण गरी आचार संहिता र कार्ययोजना सहित अघि बढ्न आह्वान गर्नुलाई सकारात्मक कदमका रूपमा लिनु पर्दछ । सरकार कोभिडसँग सम्बन्धित बनेको समिति उपसमिति, उच्च स्तरीय समिति, स्वास्थ्य मन्त्री, मन्त्रालय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जन प्रतिनिधि र आम जनसमुदाय सबैको योगदान स्वरुपमा आज टेकुमा सिमित रहेको प्रयोगशाला टेस्टको काम काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज, धनगडी, चितवन लगायत नेपालका विभिन्न स्थानीय तहहरूले समेत कोरोना टेस्ट मेशिन खरिद गरी जनतालाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन थालेका छन् ।

संघीय प्रदेश र स्थानीय तहको पहलमा ७७ वटै जिल्लामा नै हुने गरी तयारी भईरहेको समाचारहरु आईरहेका छन् । हिजो पिपि सेट स्वास्थ्यकर्मीले नपाएको भन्ने गुनासो आज सुन्न छोडिएको छ । कतैकतै विश्व बजारमा सामाग्रीको अभाव भएको, बेलायत, अमेरिका, फ्रान्स, इटलीले सामाग्रीहरू आवश्यकता अनुसार पाउन नसकेको समाचारहरू आईरहेको बेलामा टेस्ट किटहरू थपिदै रेपिट टेस्ट बढाउने कार्य बढ्दै जानुलाई सकारात्मक रुपले लिनुपर्छ । तर पछिल्लो दिन संक्रमितको संख्या बढेको छ अब भेन्टिलेटर आई.सि.युहरु थप व्यवस्थापनको निम्ति जुट्नुपर्ने अवस्था छ । आजको मितिसम्म ३६४५६ जनामा पोजेटिभ देखिएकोमा २०२४२ जना त निको भई घर गएको अवस्था छ । अझै पनि ८९३९ क्वारेन्टाइन र १६०१९ जना आइसोलेसनमा छन् ।

कोरोनाबाट विजेता हासिल गरी घर फर्किएकाहरूको प्रतिक्रिया चिकित्सा प्रणालीप्रति अत्यन्त प्रशंसनीय रहेको बताएका छन् । तथापी क्वारेन्टाइनहरु अस्पताल व्यवस्थित नहुँदा र अन्य रोग लागिरहेका कारणले गर्दा समयमा संवेदनशील नहुँदा तथा भेन्टिलेटरको अभाव १९५ जनाको कोरोना समेतको कारण ज्यान गएको छ । करिब ९० प्रतिशत संक्रमण बाहिरबाट आएकोबाट भएको तथ्यले देखाउँछ । ३ महिना लामो लक डाउनलाई खुकुलो पार्न सरकार बाध्य भएको स्थिति थियो । यसका सँगसँगै सुरुमा संम्यमता अपनाएर घर बसेका नागरिक बाहिर निस्कन थालेका छन् । भारतको सिमानामा रोकिएको र विदेशमा अलपत्र परेकाहरुलाई सरकारले आफ्नो स्रोत साधन र स्वयम् नागरिकको समेत सहकार्य सुरक्षित ल्याउने प्रक्रिया सुरुवात ग¥यो ।

भारतबाट आउनेको एकिन तथ्याङ्क छैन भनेअन्य मूलुकबाट करिब ५० हजारभन्दा बढीको उद्दार गरिएको छ । प्रदेश प्रदेशको छुट्टाछुट्टै मन्त्रीहरुलाई जिम्मेवारी दिएर होल्डिङ सेन्टर ल्याउने स्थिति हेरेर क्वारेन्टाइनमा राख्ने वा स्थानीय तहलाई बुझाउने काम समेत थालियो । यो प्रक्रिया जारी रहेको देखिन्छ । आफ्ना नागरिकहरूलाई नेपाल फर्काउने दायित्व, आउने पाउने अधिकार सँगसँगै चुनौती थपिएको छ । विशेषत भारत खुला सिमानाबाट आएका र आमनागरिक संवदेनशील हुँदा राज्यको पनि पूर्वतयारीलाई व्यवस्थित गर्न नसक्दा संक्रमणको संख्या बढेको छ ।

क्वारेन्टाइन, आइसोलेशन कक्ष सुरक्षित र महिला बालबालिका किशोरी मैत्री, अपाङ्गता मैत्री हुन सकेको स्थिति छैन । तथापी तिनै तह र नागरिक स्तरबाट पहलकदमी भईरहेको छ । विपतको राम्रो पूर्व तयारी, खुला सिमाना अल्पविकसित देश नेपालमा अझबढि समस्या सिर्जना गरेको छ । तथापी प्रयास भईरहेको छ । आम नागरिक, विकासका साझेदार संस्था, नागरिक संघसंगठनले स्वास्थ्य सुरक्षा सामाग्री खाध्यान्न, मनोविमर्श सेवा, क्वारेन्टाइन व्यवस्थापनमा समेत सहयोग पु¥याएका छन् । पछिल्लो समय फेरी निशेध आज्ञा जारी गर्नु परेको छ । कोभिडबाट सुरक्षित रहन सबै विशेष गरी नागरिक नै सचेत हुन जरुरी छ । नागरिक सचेत हुन सके मात्र सुरक्षित रहन सकिन्छ भन्ने पाठ विश्वले सिकाएको छ ।

कोरोनाको असर सबै क्षेत्रमा छ । मजदुरहरू अपाङ्गता भएका, गरिब तथा सिमान्तकृत वर्गका बालबालिका, सुत्केरी तथा गर्भवती महिलाहरू, जेष्ठ नागरिकहरूलाई यो लकडाउनमा झनै गा¥हो छ । संक्रमण हुन सक्छ, दुःख पनि हुन्छ । यो समय कुनै आन्दोलन, मेला होइन, रोगसँगको लडाई हो भन्दै गर्दा ती सरकारका सकारात्मक सन्देशलाई बेवास्ता गर्दै, राजनीतिक मुद्धा, चुनावी चहलपहल जस्तै लेख्ने, बाटोघाटोमा अप्ठ्यारो परेकालाई स्थानीय तहसँग सहयोग समन्वय, सहकार्य गर्ने गराउने मनोविमर्श गर्ने कार्य गराउने, सुरक्षित ढङ्गले सम्बन्धित ठाउँकै क्वारेन्टाइनमा राख्ने, बैकल्पिक व्यवस्था गर्नेमा भन्दा बिरोध गर्ने क्रम जारी छ । हो उद्धार राहत प्रदान गर्नु पर्दथ्यो, तिनै तहको सरकारको बीचमा प्रभावकारी समन्वय जति हुन पर्दथ्यो त्यो हुन नसकेको हुनसक्छ ।

सरकारका प्रधानमन्त्री, मन्त्रीहरु व्यक्त गरेका धारणाहरु पूरा सुन्ने तथा कुन सन्दर्भमा विचार व्यक्त गरेको भन्ने तर्फ ध्यान नदिई हाम्रा धर्म संस्कृति परमपरादेखि चलि आएको कुरालाई हावामा उडाउनेहरु पनि छन् । यस्तै बीचमा हामी कोरोना विरुद्ध लडिरहेका छौँ । यसमा कोही सत्ता पक्ष र कोही प्रतिपक्ष हुन हुँदैन । हामीसँग भएका स्रोत साधनको उचित प्रयोग, प्रभावकारी अनुगमन पारदर्शिता, जवाफदेहितामा भने सबै पक्षले ध्यान दिन जरुरी छ । त्यस कार्यमा राज्य थप संवेदनशील हुनु पर्दछ किनकि राज्य भनेको अभिभावक हो । यो कुराबाट सरकार भाग्न र टार्न भने मिल्दैन । सरकारले सबैको साथ सहयोग समन्वय, सहकार्य, सुझाव ग्रहण गर्दै प्राप्त र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै सक्रियताका साथ लाग्नु पर्दछ । सरकारको नीति कार्यक्रम बजेट समेत कोरोनाले थिलोथिलो पारेको अर्थतन्त्र उकास्न तर्फ केन्द्रित भएको देखिएको छ ।

अझै पनि सामाजिक सुरक्षा र संरक्षणसँग जोडेर हेर्दा, मजदुर, विपन्न वर्ग, सिमान्तकृत वर्ग, बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिला, जेष्ठ नागरिक अपाङ्गता भएकाहरूलाई विशेष ध्यान दिनुनै पर्दछ । खुलासिमाना भारतबाट आउने तथा विदेशबाट आएका तथा उनीहरूले भेटघाट गरेकाहरूको रिपिड टेस्ट बढाउने, उनीहरूलाई क्वारेन्टाईनमा राख्ने कुरालाई थप व्यवस्थित गर्नुपर्ने देखिन्छ । राहत वितरणलाई पारदर्शी, जवाफदेहि, गुणस्तरीय र व्यवस्थित गर्दै भिडभाड निरन्तरमा ध्यान दिनु पर्दछ ।

बालबालिका र महिलामाथि हुनसक्ने हिंसा, दुव्र्यवहार, विभेद, बालविवाहबाट जोगाउने तथा लकडाउनमा अनलाईन, रेडियो, टि.भि.बाट मनोपरामर्श सेवा र शैक्षिक गतिविधिहरूलाई थप बढाउनु पर्दछ । नेपाल सरकारले कोरोनाले मानव जीवनको आर्थिक, भौतिक, नैतिक, सामाजिक शिक्षा, स्वास्थ्य, कृषि, रेमिटेन्स सबै क्षेत्रमा नकारात्मक असर परेकोले कोरना पश्चात मुलुकको अवस्थाको पूर्ण आंकलन समेत गरी अल्पकालीन मध्यकालीन र दिर्घकालीन कार्य योजनाको लागि नागरिक संघसंगठन विकासका साझेदार संघसंस्था, उद्योगी व्यवसायी सबैको सहकार्यमा कार्ययोजना निर्माण गरी अघि बढ्नुको विकल्प छैन ।

प्रहरी, सञ्चारकर्मी, स्वास्थ्यकर्मीकोे स्वास्थ्य सुरक्षामा समेत ख्याल गर्ने र नागरिकको गुनासो सुन्न २४ घन्टा नै खुला रहने खालको हटलाईन व्यवस्था गर्न जरुरी छ । कोरना विरुद्धको अभियानमा विभिन्न स्थानीयतहले गरेका असल अभ्यासहरू, खोजी गर्दै र अरुले पनि सिक्ने सिकाउने कुरामा जोडदिन उत्तिकै जरुरी छ । पालिकामा भएका उत्पादन, पालिकाले नै खरिद गरी बिक्री गर्ने प्रबन्ध गर्ने र विदेश र शहरबाट गाऊँ फर्केकाहरूलाई बाझो खेतबारीमा काम गर्न प्रोत्साहित गरी कृषिमा निर्भर बनाउने तर्फ ध्यान दिन जरुरी छ । अनगिन्ती समस्याहरू छन् । विश्वमा समस्यामा छ । भएका कार्य पहलहरू खुलेर प्रशंसा गरौँ । कमीकमजोरीहरू संम्बन्धित निकायमा प्रक्रियागत ढङ्गबाट उजुरी दिने गरौँ ।

काम गर्ने सन्दर्भमा कही कतै कमजोरी भएको छ भने सुझावहरूलाई सम्बन्धित पक्षले पनि ग्रहण गर्न जरुरी छ । यो धेरै जना मान्छे सडकमा निस्केर भूकम्पमा गरे जस्तो सहयोग गर्ने, फेसबुक, सामाजिक सञ्जालमा हल्ला गर्ने भन्दा पनि निषेधाज्ञाको परिपालना गर्ने, जहाँ छौँ त्यही सुरक्षित बस्ने, सही सूचना आदनप्रदान गर्ने, गलत सूचनालाई निरुत्साहित गर्ने, हरेक ठाउँमा सामाजिक दुरी कायम गर्ने । कुनै पनि विरोध समर्थनको नाममा भिडभाड नगर्ने, व्यक्तिगत, संस्थागत, पारिवारगत पार्टीगत, जहाँबाट जे सकारात्मक सहयोग गर्न सकिन्छ, त्यो गर्नु हामी सबैको दायित्व हो ।

सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सहयोग गरी संकट टार्ने, विरोधका नाममा फेसबुक, युट्वर र नामै नसुनेका अनलाईनको समाचारको आधारमा धारणा बनाउने कार्य बन्द गर्नुपर्दछ । राज्यलाई आरोप लाउनेहरुले आफूहरुले सामाजिक दुरी कायम नराख्ने घर बाहिर सडकमा निस्कदा संक्रमण हुँदा भोलि आफ्नै घर परिवार समुदाय तथा परिवारका जेष्ठ नागरिक बालबालिकामा संक्रमण भए के हुन्छ भन्ने तर्फ सोच्न जरुरी छ । कोरनाबाट आफू जोगिने र अरुलाई जोगाउन सकेमा नै हामी सबैको भलो हुनेछ । नेपाल सरकारबाट घोषणा भएका नीति कार्यक्रम बजेट कार्यन्वयनमा युवा, उद्यमशिलतासँग जोड्नु जरुरी छ । विदेशबाट फर्केर आएकाहरुको स्रोत र सीप, नेपालमा बसेर काम गरिरहेकाहरुको अनुभवलाई समेत आत्मसात गर्दै अब स्वदेश घर परिवारमा नै बस्ने कुरामा ध्यान दिन जरुरी छ ।

अप्ठ्यारो र असहज परिस्थितिमा सबैका सबै काम गर्ने शैलीहरू सबैलाई मन नपर्न सक्दछन् । कमजोरीहरू छन् भने आधार प्रमाण सहित राखौँ, सम्बन्धित निकायमा उजुरी हालौँ । कोरनाको अन्त्य पछि त्यसमा वहस छलफल गर्न सकिन्छ । अहिले सरकारको निर्णय पालना गरौँ यसैमा नेपाल र नेपालीको हित छ । कोरना निको नहुने रोग होइन् ।

यसको घरमानै बस्ने सामाजिक दुरीहरू कायम गर्ने, भिडभाडमा नजाने, सकारात्मक सोच्ने पुस्तकहरू पढ्ने, घर सरसफाई, करेसावारी निर्माण, सुरक्षितढङ्गबाट खेतीपातीमा सम्लग्न हुने, बालबालिकलाई ज्ञानगुनका कुरा सिकाउने, रचनाहरू लेख्ने, जस्ता आफ्नो समय, स्थान, परिस्थिति अनुसार सिर्जनशील काममा लागेर समय व्यवस्थापन गर्नु पर्दछ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरु, कोरोना संक्रमितहरुलाई सम्मान गर्ने उनीहरुको मनोबल गिराउने क्रियाकलाप गर्नु हुँदैन । यसो गर्दा कोरोनाबाट आफू र परिवार दुवैलाई जोगाउन सकिन्छ ।

(लेखक बालबालिका र युवाहरुको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।)

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार १९:३७