१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

-रामलाल श्रेष्ठ

नेपाली समाज कस्तो छ ?

नेपाली समाज ईश्वरको पूजा गर्ने समाज हो । नेपाली समाज यो विश्व ब्रह्माण्डको सृष्टीकर्ता ईश्वरलाई मान्दछ । नेपाली समाज यो लोकमा मानिसको मृत्युपछि परलोक जान्छ भन्ने विश्वास गर्दछ । नेपाली समाज आफ्नो पुर्पुरोमा भावीले जन्मेको छैठौँ दिन जे लेखिएको छ सोही अनुसार जीवनको उपलब्धि हुने ठान्दछ। नेपाली समाज आफ्नो बाबु बाजेको पालादेखि चल्दै आएको रितीरिवाज र परम्परामा गर्व गर्दछ । नेपाली समाज परमेश्‍वरले मानिसको रक्षा गर्दछ ।

नेपाली समाजमा कुनै ठूलो रोग वा कोरोना जस्ता महामारी वा वाढी पहिरो जस्ता महाविपत्ति जस्ता घटनाको कारण दैव हो भन्ने मान्यता राख्दछ र त्यस्ता घटनाहरूको नाम नै दैवीविपत्ति भन्ने गर्दछ । नेपाली समाज मानिसलाई ईश्वरको अंश ठानी जीवनको उत्तरार्द्धतिर स्वर्ग जाने धुनमा जीवनभर गरेको पाप पखाल्ने दाैडमा चार धामको यात्रा गर्दै ईश्वरको भक्तीमा लाग्दछ । नेपाली समाज ईश्वर प्रधान समाज हो । नेपाली समाज ईश्वरको भजन गाउदा आनन्दको अनुभव गर्दछ । नेपाली समाज ईश्वरको मन्दिर निर्माणमा आफूलाई धन्य ठान्दछ । नेपाली नेताहरु मठ मन्दिर निर्माणमा राज्यको बजेट खर्च गर्नु भनेको विकासको मूल फुटाएको गर्व गर्दछन ।

नेपाली समाज के चाहन्छ ?

नेपाली समाज विकास चाहन्छ। नेपाली समाज भ्रष्टाचार मुक्त भएको देख्न चाहन्छ । नेपाली समाज असमानताको अन्त भएको चाहन्छ। नेपाली समाज महिला र पुरुष बराबरी अधिकार सम्पन्न भएको देख्न चाहन्छ । नेपाली समाज मानिसलाई बिभिन्न जातजाति मा बिभक्त गरी त्यस्को नाममा समानुपातिक सिद्धान्तको वकालत गर्न चाहन्छ । नेपाली समाज मानिसका सवै इच्छा र चाहना सरकारले पुरा गरिदिन पर्छ भन्ने चाहना गर्दछ । नेपाली समाज सुखी र सम्पन्न वन्न चाहन्छ। नेपाली समाज आफुलाइ सवै किसिमका ज्ञानको ज्ञानी भएको ठान्दछ।

नेपाली समाज कस्तो देखिन्छ ?

जीवन र जगत अर्थात् समाज आफ्नो चाहना अनुसार निर्माण हुँदै जावोस भन्ने कामना गर्नु भनेको मानिस समाजलाई कस्तो देख्न चाहने भन्ने विषय मा निर्भर हुने कुरा हो । मानिसको चाहना बमोजिम समाज बन्दै जाने इच्छा राख्नु भनेको जीवन र जगतलाई यस्तो वनिदिए असल हुने थियो भन्ने कामना मात्र हो ।

मानिसको इच्छा वा कामना बमोजिम मानिसको शरिर भन्दा बाहिरको बस्तु वा परिस्थिति बदलिदैनन् । मानिसको चाहना वा इच्छा र मानिस भन्दा बाहिरको अर्को ब्यक्ति वा परिस्थिति बिलकुल भिन्न कुरा हुन । जीवन र जगत वा समाज कस्तो छ भनेर देख्नु महत्वपूर्ण कुरा हो । मानिसको इच्छा वा चाहना अनुसारको जीवन र जगत वा समाजलाई देख्नु एउटा पाटो हो भने जीवन र जगतलाई मानिसको चाहना वा इच्छा वेगर यथार्थमा देख्नु अर्को पाटो हो ।

जीवन र जगतलाई आफ्नो इच्छा वा चाहना अनुसार नवनिरहेको देख्दा असन्तुष्ट हुनु स्वभाविकै हो । जीवन र जगतलाई आफ्नो इच्छा वा चाहना वेगर कसरी बन्दै जान्छ भनेर देख्दा असन्तुष्टि हुँदैन । जीवन र जगत वन्ने आफ्नै नियम हुन्छ । जव जव मानिसले जिवन र जगत ( दुवैलाइ एकै ठाउँमा भन्दा समाज भनिन्छ) वन्दै जाने प्राकृतिक नियम वुझ्दै जान्छ मानिसमा आफूलाई असन्तुष्ट देख्दैन।

मानिसको चाहनाले मानिसको जिवन र उसले टेकेको धर्ति किन बदलिदैन ? मानिसले टेकेको धर्ती मानिसको चाहना वा इच्छा ले बनेको हैन। मानिसको इच्छा वा चाहना जन्मनु भन्दा हजाराैँ बर्ष पहिले मानिसले टेकेको धर्तिको जन्म भएको हो । जन्मको आधारमा मानिस भन्दा धेरै बर्ष पहिलो यो धर्तीको जन्म भएको हो । यो धर्तिले मानिसको इच्छा वा चाहनाको जन्म गराउने हुँदा धर्तिको रुपान्तरण हुने नियम नवुझी मानिसको इच्छा वा चाहनामा आउने रुपान्तरणको नियम वुझ्न सकिदैन। धर्तिले मानिसको सृजना गरेको हो। मानिसले धर्तिको सृजना गरेको होइन।

धर्ति के हो ?

धर्ति ईश्वर हैन ।धर्ती आमा हैन । धर्ती यन्त्र हो । मानिस बसेको धर्ति घडि झैँ चौविस घन्टामा एक फन्को आफैँ आफ्नो परिक्रमा गर्दछ । यसरी परिक्रमा गर्दे गर्दा ३६५ दिनमा सूर्यलाई एक चक्कर लगाइदछ । मानिसको धर्ति जस्तै यो ब्रह्माण्डमा अर्वौ अर्वको संख्यामा यस्ता धर्तिहरु मौजूद छन । यी सवै धर्तीहरु हाम्रो धर्ती जस्तै आ-आफ्नो अक्षमा यन्त्र झै परिक्रमा गरीरहेका हुन्छ । यी धर्तीहरु यन्त्र झैँ वा घडि झैँ एक आपसमा नठोक्की कन वा एक आपसमा झगडा नगरी कन मिलेर आ-आफ्नो कक्षमा गतिशिल भैरहेको वा परिक्रमा गरिरहेका हुन्छन् ।

धर्तिको संचालनको यो नियम मानिसको जीवन वा समाज सञ्चालनमा देख्ने र सोही अनुसार सञ्चालन हुने नियमको पालना गर्ने चिन्तन नै यान्त्रिक चिन्तन हो । धर्तिको सञ्चालन यन्त्र झै संचालनमा देख्न सकिएन भने इस्वरको रुपमा धर्तिलाइ देखिन्छ। धर्तिलाइ यन्त्र मा देखियो भने यसको बनावटमा वा कहि कतै धर्तिको संरचनामा गढबढ हुने गरि मानवीय क्रियाकलाप गरियो भने धर्तीको यन्त्रको कुनै पूर्जा विग्रिन सक्ने सम्भावना हुन्छ । यसको कारण यन्त्र नचल्ने हुन सक्छ ।

मानिस के हो ?

मानिस धर्तिकै उत्पादन हो । मानिस यान्त्रिक धर्तिकै सानो यन्त्र हो । यो यन्त्र धर्तिहरुको जस्तो अर्वौ अर्व बर्षको आयू लिएर जन्मेको छैन। मानिसको यान्त्रिक शरिरको आयु केवल एक सय बर्ष मात्र निर्धारण गरिएको छ। एक सय बर्षसम्म सञ्चालन हुने यन्त्र राम्रोसँग हिफाजत पूर्वक सञ्चालन गरियो भने एक सय बर्ष भन्दा बढी पनि संचालन हुन्छ । मानवीय यन्त्र यसका आन्तरिक यन्त्रहरुको संचालनमा भईरहेका हून्छ।

मानवीय यन्त्र मृत्युपछि अन्य मानव निर्मित यन्त्र जस्तै परलोक वा बैकुण्ठ वास हुँदैन । मानविय यन्त्रमा पुर्पुरो भन्ने कुने यन्त्र हुँदैन ।  मानवीय यन्त्रमा कुनै ईश्वरीय अंश हुँदैन । मानिसका आफ्ना पूर्वजले व्यवस्थित गरेका रितीरिवाज र परम्परा सबै त्यतिखेर कै यान्त्रिक वा चेतनाको आधारमा बिकास गरिएको हो ।

आजको सन्दर्भमा ती परम्परा वा रितीरिवाजमा गर्व गर्ने कुनै सन्दर्भ छैन । मानिस केवल मानवीय यन्त्र हो । यसको मानिस भन्ने जात वाहेक अन्य कुनै जाज जाती वा दलित पन्डित कुनै जात हुँदैन ।  मानिस केवल एउटा यन्त्र हो यो मेसिन हो । मानिसको यान्त्रिक चिन्तन नै समाजलाई विज्ञानको युगमा पुगेको प्रमाण हो । नेपाली समाज सोह्रौ शताब्दी मा नै ? यान्त्रिक चिन्तनका दृष्टिले नेपाली समाज सोह्रौ शताब्दी कै बेलायती समाजको स्थितिमा देखिन्छ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ११:२९