१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

क्वारेन्टिनमा रहेका युवाको प्रश्नः स्थानीय सरकार आखिर के का लागि ?


-रवि भण्डारी

घरमा [हेलम्बु -२ (साबिक क्युल)] हुनुभएको आमासँग फोनमा कुरा भयो।
सञ्चो-बिसञ्चो सोध्नु भयो।
मैले ठिक छ भने।
कहाँ छस्, आमाले भन्नुभयो।
कोठामा छु आमा, भने ।
मलाई ढाट्छ्स भन्नुभयो ?

हेलम्बुको कुनामा घरायसी काम गरेर बस्ने मेरि आमालाई के थाहा, स्थानीय सरकार यति निरीह छ भनेर । ब्यबस्थित क्वारेन्टाइन, आइसोलेसनक त झन के कुरा! संक्रमितलाई छुट्टै राख्ने व्यवस्थित आईसोलेसन छैन । जिल्ला सदरमुकामको हालत यस्तो छ, अन्त झन के होला ? सुन्नमा आए अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाले आइसोलेसन बनाउने भनेर ९३ लाख खर्च समेत गरिसकेको रहेछ।

आमा, हामी त परिबन्धमा परेका छौँ, हाम्रो हालत कस्तो होला! संक्रमितको सोधपुछ गर्न त स्वस्थ्य टोलि ११ घण्टा पछि आयो। जबकी स्वास्थ्य कार्यालय हाम्रो डेरा भन्दा मुस्किलले ५०० मिटरको दूरीमा होला। हाम्रो चासो केबल घरपरिवार र हाम्रा शुभचिन्तकलाई मात्र छ । आमा, राज्य कहाँ छ थाहा छैन । यो घरभित्रबाट राज्य देखिदैन ।

दु:खका साथ भन्नुपर्छ स्थानीय सरकार आखिर के का लागि ?
हामीलाई अधिकार पुगेन भन्दै भजन गाउन मात्रै हो ?
यसो गर्‍यौ, उसो गर्‍यौं भन्दै फोटो खिचाएर सामाजिक सञ्जालमा रङ्ग्याउन मात्रै हो ?
कति झुट बोल्न सक्छौ, त्यो कोराना कोष, मिलाएर कुम्ल्याउन मात्रै हो कि केही काम पनि छ ?

चौतारा बजारमा देखिएको कोरोना पोजेटिभ रिपोर्टको आउँदा, यहाँको संक्रमितलाई गरेको व्यबहार देख्दा लाग्यो दुरदराजका नागरिक के गर्दै होलान ? बिना सुचना हामी रहेको घरमा सटर लगाएर ३ जना प्रहरी राख्यो । खुशी लाग्यो हामीले राज्यको अनुभुती गर्न पायौ । तर यस्ता घटना २० ठाउँ जति देखिए भने कसरी ब्यबस्थापन गर्छौ सरकार ? तिम्रा निरिहता र गैरजिम्मेवारीपनले सिमा नाघ्यो । चुनाब अघि गरेका मिठा/गुलिया भाषण अनि आश्वासनको चाङ जस्तै भयो। हामीले हाम्रो तहबाट त्यही भाषणको सिको गदै तिमीहरुलाइ निर्वाचित गराउन कम्मर कसेर लागेका थियौँ ।

हामिले बिश्वास नगरौ पनि कसरी? तिमीहरुलाई चुनाबमा सहयोग गर्ने त हामी थियौ, तिम्रा साँचो झुटका साक्षी थियौ । तिम्रा व्यबहार परिबर्तन भएनन् । दुनियाँलाई बेतुकका गफ दिएकै भरमा छोटे राजा बनेका छौ, हिसाब मिलाव्र कुम्ल्याएका छौ र त राता-चिलापिरा भएका छौ। कोटको खल्तीमा दाम आउने गरि योजना बनाउदै दलाल, ठेकेदार आदिको संगतमा लागेका छौँ।

चौतारा अस्पतालबाट स्वास्थ्य टोलि प्रेस चोक आईपुग्न ११ घण्टा लाग्यो, त्यो पनि सोधपुछ निम्ति ! टोली त आयो तर यहाँ कति मान्छे छन् , न्युनतम अत्यावश्यक सामग्रीहरु मास्क, पञ्जा आदि केही ल्याउन पनि सकेन स्वास्थ्य कार्यलयले । पुरी थर भएका नगरपालिकाका स्वास्थ्य संयोजकले त ठुलै कुरा गरे, हामीसँग । स्वास्थ्य कार्यलयको यो पारा देख्दा अचम्म त लाग्यो ।

केही पहिले समाचार सुन्दा/पढ्दा क्वारेन्टाइन छाडेर भाग्नेलाई कावार्हि हुनुपर्छ भन्ने लाग्थ्यो । तर, अहिले बुझियो क्वारेन्टाइन बसेका किन भाग्ने रहेछन् भनेर ।हामी बसेको यो घरमा संक्रमित बाहेक थुनिने ११ जना रहेछौ २ जना सङ्क्रमित यहि घरमा छन। स्वास्थ्य टोलिले एकजना सँग सोधपुछ त गर्यो । तर संक्रमितको अबस्था के छ जान्न चाहेन, उनिहरुको नजर त्यहाँ परेन उनिहरुलाई भित्र छिर्न डर भयो ।

“लगन पछि पोते” भने झैं , संक्रमितको कारण जोखिम भयो उनिहरुलाई । जसलाई ३३ घण्टा पछि क्वारेन्टाइनमा लगिएको थियो । संक्रमणको पुष्टि हुदाँ त क्वारेन्टाइनमा राख्न नसक्नेले, “हामीलाई पहिलै थाहा दिनुपर्थ्यो” भन्दै फूटानी दिएको पटकै सुहाएन नगरपालिका स्वास्थ्य संयोजक ज्यु !

तपाईं त धेरै ठूलो मान्छे हुनुहुदो रैछ, फेरि मैले नचिनेर गल्ती गरेछु । यत्रो विशाल नगरपालिकाको स्वास्थ्य संयोजक बोली सुधार्नुस तपाईहरुको लापरबाही र अकर्मण्यता सुधार्नुस यो सुझाब हो ।आग्रह पुर्वाग्रह हैन, आम जनतासँग कुन किसिमले कुरा गर्नुपर्छ ? नागरिकसंग कुरा गर्दा प्रशिक्षित भएर आउनु होला। यदि महामारिको रुप लियो त त्यस्तै व्यवहार देखाउनु भयो भने तपाई को हालत के होला ?

स्वास्थ्य कार्यलय र चौतारा नगरपालिकाको अकर्मण्यताले भोलि थप जोखिम बढ्न सक्छ, बेलैमा बुद्दी फिरोस । स्थानिय सरकार जनताको सेवाको निम्ति र राज्यको प्रत्याभूतिका निम्ति थियो भन्ने बनाउने तपाईहरुले हो । तर, त्यस्तो हुन सकिरहेको छैन स्वार्थको रोटि पछि सेकाउला, आउनुहोस सभामुख, सांसद, मन्त्री, सबै जनप्रतिनिधिहरु साझा मुद्दा बोकौ ।

यस्ता कुरालाई ब्यबस्थापन गरौ। बेलैमा नसोच्ने हो भने सिन्धुपाल्चोकमा यो महामारी फैलने निश्चितप्राय छ । हिजो भोट दिने जनताले भोलि बहिस्कार गर्लान नेता ज्यु बेलैमा ध्यान पुर्याउदा राम्रो होला । “तलाई कोरानाको लगेको छ रे”! मेरि आमाको मनमा बेचैनी भएको छ। आमाले कै कुरा गरुम, मेरी आमालाई “क्वारेन्टाइन भनेको के हो, आईसोलेसन भनेको के हो, बुझ्दिनन्। आमालाई त म बसेको थाहा छ । अन्तै लगेको छ अरे भन्ने कुराको मात्र चिन्ता छ । विश्वमा दैनिक हजारौको संख्यामा मृत्युुको समाचार दैनिक रेडियोमा सुन्दा मेरि आमाको मन चसक्क हुँदो हो।

हामी आज चौथो दिनमा घर भित्रै छौ । चाहिएको समान अर्कैलाई मगाउन पर्दाको पिडा त छदैछ । हाम्रो भावना र दृढ सङ्कल्प छ । कोराना लागेकाहरुलाई समाजले हेर्ने दृष्टिकोण र जबर्जस्त अपराधी करार गराउने सोचका बिरुद्ध हामी सफलता हासिल गर्न सक्छौ । रोग आफैमा कहाँबाट कता-कता सर्छ, कसैको बसमा हुने कुरा होईन ।

दुनियाँ आक्रान्त छ । बिचरा ती निर्दोष सङ्क्रमित के सोच्दा हुन । हाम्रो समाज किन यति तल्लो स्तरको सोचाई राख्छ । कोराना लाग्नेले साच्चै नै अरुलाई मारेको जस्तो । रोग र संक्रमितहरु प्रती बुझ्नेहरु नै अबुझ बनेको देखिन्छ । थाहा थिएन होला र ती हजारौं डाक्टर नर्सलाई कसरी सर्यो त ? उनिहरुलाई जानकारी थिएन होला न्युनतम सरुवा रोगको प्रकृति र सर्ने तरिका ? उनीहरुलाई त छाडेन भनेपछी अरु जो यस रोगका बारेमा न्युनतम पनि जानकारी राख्दैनन्, तिनिहरुको बुझाई र दृष्टिकोण बास्तबमा भ्रममा नै छ ।

विभिन्न खाने समस्यामा मानि विभिन्न खाने समस्यामा मानिसहरु आक्रान्त छन । परिवारका सदस्यहरु विभिन्न ठाउँमा रोकिएका छन अल्झिएका छन । यस्ता विविध कुराले झन समस्या थपिदै छ । कति समय यस्तो लकडाउन भन्दै बस्ने ? सरकारसंग कुनै योजना छैन । प्रदेश र स्थानिय सरकार त रन भुल्लमा छन । कुरामा सबै जान्नी जस्तो ब्यबहार बास्तबमै टीठ लाग्दो छ ।

कसैलाई यसले मलाई छुदैन भन्ने भ्रम, कोहि यतिकै मर्छु भन्ने भ्रम सामान्य रुघाखोकी लाग्दै कोराना लाग्योकी भन्ने डर त्रासले मानिसलाई बेचैनी बनाएको छ । कतिदिन अझै यतिकै बस्नुपर्ने यो रोग के गर्दा लाग्दैन सर्दैन कसैलाई थाहा छैन । सबैलाई चिन्ता छ छट्पटी छ । आज अर्कोलाई देखाएको तपाईले गरिराख्नु भएको अमानबीय व्यवहार कतै भोलि तपाईलाई लाग्यो भने सोच्नुस त ?

त्यसैले यी र यस्ता बाध्यता र विवशतामा करौडौ मानिस आक्रान्त भैरहेको परिबेशमा हाम्रो जस्तो देशमा यो महामारी नै हो। यसमा न सरकारले केही गर्न सक्छ आएको सरेको देखिदैन । त्यसैले हामी प्रत्येक नागरिक यी कुरामा सचेत हुनुपर्छ । जिम्मेवार हुनुपर्छ अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुपर्छ । घृणा गर्दै संक्रमितलाई गाली नगरौ । उनिहरु पनि मान्छे हुन । उनीहरु संग ठिक हुन्छु भन्ने आत्माबिश्वास छ ।

तपाईको घृणित प्रबित्तिले मनोबल गिर्न सक्छ । कोराना कसैले चाहेर ल्याएको वा आएको हैन त्यसैले प्रत्येक नागरिक सरोकारवालाहरु आआफ्नो ठाउँबाट जिम्मेवार रुपमा प्रस्तुत हुदाँ मात्र हामी यसलाई परास्त गर्न सक्छौ । एउटालाई पर्दा अर्कोले खुच्चिङ मार्ने प्रबृत्तिले कोरानालाई नै मलजल गर्ने हो । सतर्क रहौ संयमित रहौ । सबैलाई सकेको सहयोग गरौँ । “माया नगरे पनि घृणा चै नगरौं ” ।

(भण्डारी अनेरास्ववियू सिन्धुपाल्चोकको पूर्व जिल्ला सचिव हुन् ।)

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १६:३४