१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

अन्तर्राष्ट्रिय युवा दिवस र नेपाली युवा


-तिलोत्तम पौडेल

संयुक्त राष्ट संघको आह्वानमा विश्वमा सन् २००० बाट अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएपनि नेपालमा सन् २००४ मा सामाजिक संघसंस्थाले अगष्ट १२ मा पहिलो पटक मनाउन थालेको पाइन्छ । पछिल्ला दिनहरूमा यसलाई सरकारको नेतृत्वमा सबै नागरिक संघ संगठनको सहकार्यमा युवा दिवस मनाउने कार्यलाई निरन्तरता दिदैआएको छ ।

कोभिड र विपतका कारण विश्व पीडित र प्रभावित भईरहेको तथा लाखौ नेपाली युवाहरूको समेत रोजगारी गुमेको अवस्थाको बीच यो वर्ष विश्व अभियानको लागि युवा सहभागिता भन्ने “अन्तर्राष्ट्रिय नारा तथा रोजगारी प्रबद्र्धन र वातावरण संरक्षणमा युवा भन्ने राष्टिय नाराको बीच यस वर्ष भरच्र्युयल कार्यक्रम मार्फत दिवस मनाईदैछ । २०६८ को जनगणन अनुसार नेपालको कूल जनसंख्याको ४०.३५ प्रतिशत अर्थात १ करोड ६८ लाख, नौ हजार, आठ सय बयालिस रहेको छ ।

दिगो विकास लक्ष्य, नेपाल सरकारका ऐन कानुन, संविधान, अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार राज्यले युवाका निम्ति लगानी बढाउनु पर्ने देखिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय युवादिवस मनाउँदै गर्दा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले युवा दिवसको नारालाई व्यवहारमा लागु गर्न युवाहरूलाई स्वदेशमा काम गर्ने र लगानी गर्ने कुरासँगै विश्व भरी देखिएका कोभिड र विपतको विरुद्ध लड्न तथा आफै देशमानै रोजगारी प्रबद्र्धन र वातावरण संरक्षणमा लगानी गर्नुृपर्ने कुरामा जोड दिएको छ ।

युवा भनेका वर्तमानका साझेदार र परिवर्तनका बाहक हुन् । युवाका सहभागित विना कुनै प्रकारका आर्थिक सामाजिक, राजनीतिक परिवर्तन सम्भव छैन । युवाहरूको विषयमा धेरै वहस र छलफलहरू हुने गर्छन् । राजनीतिक तथा सामाजिक आन्दोलनमा युवाहरूको योगदान र आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय युवा नीति २०७२ जारी भयो । सोही नीतिको आधारमा राष्ट्रिय युवा परिषद ऐन २०७२ जारी भयो । राष्ट्रिय युवा परिषद गठन भयो ।

तिलाेत्तम पाैडेल

नेपाली युवालाई सबल सक्षम, प्रतिस्पर्धी र आत्म निर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्व क्षमताको विकास मार्फत आधुनिक न्यायपूर्ण र समृद्ध नेपाल निर्माण भएको हुने दुर दृष्टि सहित युथभिजन २०१५–२०२५ बन्यो । २०७२।६।१९ गते मन्त्री परिषदको वैठकबाट युथ भिजनलाई स्वीकृति गर्यो ।

जीवन उपयोगी शिक्षा, रोजगार स्वास्थ्य र सामाजिक सुरक्षा लगायतका युवा विकासका क्षेत्रमा व्यापक लगानी गरी आम युवा सहभागिता सहकार्य र नेतृत्व विकास मार्फत २०२५ सम्म राष्ट्रिय समृद्धि, समानता र सामाजिक न्याय हासिल गर्दै देशलाई अतिकम विकसित राष्ट्रबाट दु्रत विकसित राष्ट्रमा पुर्याउन सक्षम जनशक्ति तयार गर्ने, दीर्घकालिन लक्ष्य राखेको थियो ।

गुणस्तरीय र व्यवसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जनका पाँच आधार स्तम्भलाई सफल पार्ने सबै साधन स्रोत प्रयोग गर्ने, युवा नीतिले निर्दिष्ट गरेका नीति र कार्यनीतिहरूलाई कार्यन्वयन गर्ने, युवा क्षेत्रको विकासका मूल समस्या चुनौती र सम्भावना पहिचान गरी योजना र कार्यक्रम तय गर्ने ।

सरकारी, गैर सरकारी, निजी क्षेत्रसँग साझेदारी, सहकार्य गर्दै दिगो विकास लक्ष्यलाई समेत जोड्दै सवल सक्षम प्रतिस्पर्धी र आत्मनिर्भर युवा जनशक्ति तयार गर्ने उद्देश्य सहित युथ भिजन सार्वजनिक भएको थियो । विगतमा हामीसँग युवा नीति, युथभिजन, युवामन्त्रालय पनि थिएन तर पछिल्ला दिनहरूमा हामीले युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद र यसलाई मार्गदर्शन गर्न थुप्रै कार्यविधि समेत छन् । सिङ्गो मूलुकले नयाँ संविधान सँगै झण्डै २० वर्ष पछि स्थानीय सरकार पाएको पनि ३ वर्ष पुगिसकेको छ ।

नयाँ संरचनामा प्रदेश, सघीय र स्थानीय सरकार छ । त्यो पनि बहुमत प्राप्त स्थाईत्व भएको देखिन्छ । विगतको तुलनामा राष्ट्रिय युवा परिषद बने पश्चात युवा लक्षित कार्यक्रमलाई एकिकृत गर्ने प्रयास गरेको देखिन्छ । ग्रामिण युवा उद्यम कार्यक्रम, युवा लक्षित स्वरोजगार कार्यक्रम, युवा सीप तथा नेतृत्व विकास कार्यक्रम, युवा प्रतिभा पहिचान तथा सम्मान, युवा नमूना संसद, सामाजिक सचेतनाका लागि युवा परिचालन, उद्यमशीलता र वितीय साक्षता, उद्यम पर्दशनी, रोजगार भेला लगायतका कार्यक्रम राष्ट्रिय युवा परिषदले गर्दै आएको छ ।

नेपाल सरकारको नीति कार्यक्रम मार्फत सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, सके स्वदेशमा नै रोजगारको निम्ति पहल नभए पनि बाहिर जाँदा मर्यादित सुरक्षित न्यायिक वैदेशिक रोजगारको लगायतका थुपै्र कार्यक्रमहरू विभिन्न मन्त्रालयहरूका मार्फत सुरुवात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा युवा रोजगारी र उद्यमशीलतासँग जोडेर विभिन्न कार्यक्रमहरू राखिएको छ । विदेशबाट फर्केका तथा स्वदेशमा नै रहेका युवाहरूलाई उद्यमशीलता, रोजगारी, प्रविधि विकास, कृर्षि, स्वास्थ्य, सहुलियत कर्जा, स्वयम्सेवक परिचालनका कार्यक्रमहरू त आएका छन् ।

युवा क्रसकटिङ सवाल भएको र धेरै मन्त्रालयहरूसँग जोडिएर छरिएर आएका यस्ता कार्यक्रमलाई उचित जवाफदेही पारदर्शी ढङ्गबाट प्रचार प्रसार र युवाहरू बीचमा पु¥याउन जरुरी छ । श्रमशक्ति सर्वेक्षण २०७५ अनुसार युवाहरूको जनसंख्याको लाभ र श्रम उर्जावान युवा शक्तिहरू कामको लागि विदेशिएका छन् ।

त्यसको फाइदा हाम्रो देशले लिन सकिरहेको छैन । अध्ययन अनुसार नेपालमा श्रम गर्न सक्ने उमेरको जनसंख्या दुई करोड ७ लाख छ तर औपचारिक र अनौपचारिक क्षेत्रले ७० लाख ८६ हजारलाई मात्र रोजगार दिएको छ । बाँकी युवाहरू बाध्यता या रहरमा वैदेशिक रोजगार नै बनेको छ । प्रत्येक वर्षमा करिब ५ लाख श्रमशक्ति बजारमा आउँछ ।

अध्ययन गर्न, व्यापार व्यवसाय गर्न जाने र खुला सिमाना पार गर्दै भारत जानेहरूको संख्या एकिन छैन । विदेशमा गएका युवाहरूको प्रत्येक दिन जस्तो वाकसमा लास, ह्वीलचियरमा विरामी, मानसिक समस्या, पारिवारिक विछोड, बालबालिका र अभिभावकको बीचमा भेटघाट, अनुभव आदान–प्रदानको अभाव, वैदेशिक रोजगारबाट प्राप्त रकम उत्पादनमूलक कार्यमा लगाउन नसक्नाले विभिन्न समस्याहरूबाट वैदेशिक रोजगारमा गएका व्यक्ति र परिवार पीडित प्रभावित छन् ।

यस वर्ष अन्तर्राष्ट्रिय दिवसले युवाहरूको क्षेत्रमा लगानी बढाउन तयार रोजगारी स्वदेशमा सिर्जना गर्नसन्दर्भमा थप वहस पैरवी गर्न जरुरी छ । हुन त नेपाल सरकारको २०७७/७८ को बजेटमा संघीय सरकारबाट ६४ अर्ब ४९ करोड र ७ वटा प्रदेशबाट रु. १२ अर्ब १९ करोड ५४ लाख विनियोजन गरिएको छ । यो बजेट युवासँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिएको छ । यो बजेटमा युवाहरूलाई विना झन्झट आवश्यकताको पहिचान गरी पारदर्शी, जवाफदेही ढङ्गबाट प्राथमिकताको आधारमा सम्बन्धित युवाको बीचमा पु¥याउन जरुरी छ ।

समय सापेक्ष सीपमूलक शिक्षा, सुरक्षित लगानीको वातावरण, कम व्याजदरमा सजिलो तरिकाबाट ऋण प्रवाह, सहित युवाहरूको क्षेत्रमा विभिन्न मन्त्रालयसँग छरिएररहेको बजेटलाई एकिकृत गर्दै, उत्पादनमूलक कार्यमा प्रयोग गर्ने, देशमा नै कलकारखाना खोली सञ्चालन गर्ने, सरकारी, नीजि र सामाजिक क्षेत्र तथा अन्तर मन्त्रालयका बीचमा प्रभावकारी समन्वयात्मक भूमिका हुन सकेमा स्वदेशमा युवा बस्ने स्थिति बनाउन सके देश विकासमा युवाहरूले योगदान पुर्याउन सक्छन् ।

युवा सम्बन्धी संविधानमा भएको व्यवस्था, ऐन, नीति नियम कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न राष्ट्रिय युवा परिषद्लाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्न, छरिएर रहेको युवा सम्बन्धी कार्यक्रमलाई एकिकृत गर्न, भनसुनको आधारमा हैन विधि, प्रक्रिया, आवश्यकताको आधारमा उपलब्ध कार्यक्रममा प्राथमिकताको आधारमा बेरोजगार युवाहरूको पहुँच बृद्धि गर्न, बेरोजगार, कोभिड, विपत, हिंसा, भेदभाव, बालविवाह, सामाजिक विकृति तथा विसंगतीको विरुद्ध स्थानीय, प्रदेश, राष्ट्रिय अन्तर्राष्ट्रिय अभियानहरू सञ्चालन गर्न जरुरी छ ।

राष्ट्रिय युवा परिषद्लाई स्रोत–साधन सम्पन्न बनाउँदै राज्यबाट प्राप्त कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलाई जोडदिँदै सरकारी तथा विकासका साझेदार संस्था, नागरिक संगठन, निजी क्षेत्र, बैंक वित्तिय संस्था, विदेशबाट फर्किएका युवा, युवा उद्यमी सबै जना मिलेर काम गर्न सकेमा मात्र युवाहरूलाई स्वदेशमा स्वरोजगार बनाउन सकिन्छ र यस वर्षको अन्तर्राष्ट्रिय दिवसले सार्थकता पाउन सक्छ । सबैमा शुभकामना ।

लेखकः राष्ट्रिय युवा परिषद्मा आबद्ध सामाजिक संघसंस्था सञ्जालको अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १३:४४