१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गोंगबु हत्या प्रकरणः कल्पना शाही चितवनको माधवपुरबाट पक्राउ


२६ साउन, काठमाडाैँ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा एक पुरूषको हत्या अभियोगमा प्रहरीले एक युवतीलाइ पक्राउ गरेको छ ।  दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने काममा सहभागी भएको अारोपमा प्रहरीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बीर ।

पक्राउ परेकी शाहीलाइ प्रहरीले काठमाडाैँ ल्याउँदै छ । आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । प्रहरीका अनुसार हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार २१:५६