१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

राष्ट्रियताको लडाइँ र समृद्धिको यात्रामा सके राजनेता ओलीलाई सहयोग गरौँ, नसके अवरोध नगरौँ


-अनुजकुमार श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न बिवाद बजारमा छताछुल्ल भएकोछ। नेकपा एमाले र माओवादी बिचमा भएको पार्टी एकता गम्भीर मोडमा पुगेको छ। पार्टीका शिर्ष नेताहरु आआफ्नै अडानमा अडिग छन्। पार्टीका दुई अध्यक्ष बिच भएको वार्ताहरु विना निष्कर्ष टुंगिएको छ । स्थायी कमिटीको बैठक एक साताका लागि स्थगित भएको छ । सडकमा यो र त्यो नाममा विरोध र समर्थनमा प्रदर्शनहरु भैरहेकाछन्।

सामाजिक संजालमा पक्ष विपक्षमा बहसहरु भैरहेकाछन् । एउटा जीवन्त पार्टी भित्र वादविवाद, छलफल, बहस हुनु स्वभाविक हो। त्यसमा पनि कम्युनिस्ट पार्टी भित्र छलफल बहस हुनु एउटा नियमित प्रक्रिया हो। सरकारको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष केपी ओली र पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल बिचको जुङ्गाको लडाइँले पार्टी बिभाजनको चरणमा प्रवेश गर्नु अघि हामी भूइं तहका कार्यकर्ताहरुले केही प्रश्नहरुको जवाफ जान्न चाहन्छ।

एउटा शक्तिशाली पार्टीले देशमा सरकार संचालन गरिरहेको छ। देश महामारीको चपेटामा छ। अविरल वर्षाका कारण बाढी पहिरोले जनता थप आक्रान्त भएकाछन्। छिमेकी राष्ट्रहरु अस्थिरता बढाएर चलखेल गर्न उद्धत छन्। यी र यस्ता अनेकन चुनौतीहरुको सामना गर्दै महामारी नियन्त्रण तर्फ अगाडि बढ्दै गरेको सरकार सामु सिमाना जोगाउने र नेपाली जनतामा उर्लिएको राष्ट्रभक्तीको भावनालाई सम्मान गरि राष्ट्रियताको आन्दोलनलाई समेट्दै अगाडि बढ्नुपर्ने अर्को महत्त्वपूर्ण कार्यभार थपिएकोछ।

यसै सन्दर्भमा सदीयौंदेखि मिचिएको जमिन फिर्ता लिने उदेश्यका साथ देशको नयाँ नक्सा जारी भैसकेको छ। राष्ट्रियताको सवालमा सबै राजनीतिक दल एकठाउँमा उभिनु र अतिक्रमित भूमि फिर्ता लिने अभियानमा एकमत भै प्रस्तुत हुनुले आम नेपाली जनतामा नयाँ उर्जा थपिएको छ। नेपाल सरकारको समृद्धिको महाअभियानले नेपाली जनताको उत्साहमा नयाँ सिचाइ भएको छ। प्रधानमन्त्रीको सुखी नेपालीको परिकल्पनाले जनता गदगद भएकाछन्।

ठूल्ठूला पूर्वाधार सम्बन्धि परियोजना घोषणा र निर्माण कार्य प्रारम्भ हुनुले नेपाली जनताको सरकार प्रति अभूतपूर्व रुपमा विश्वास जगाएकोछ। नेपालमा गठन भएका विभिन्न कालखण्डका सरकार र त्यसका नेतृत्वकर्ता प्रधानमन्त्रीहरुको आआफ्नै महत्त्व र विशेषता रहेको छ। समयक्रम संगै आअफ्नो छाप छाड्न सक्षम भएकाछन्। त्यसमध्ये थोरैले मात्रै आफ्नो उत्कृष्ट कार्य सम्पादन गरि कार्यकाल ऐतिहासिक बनाउन सफल भएकाछन्।

अहिले पछिल्लो समय राष्ट्रियता र जनविश्वासका हिसावले प्रधानमन्त्री केपी ओलीको लोकप्रियता चुलिएको यथार्थ छर्लङ्ग छ। नेपाली जनतामा आसाको मूल फुटेको साचो हो। यस बारे सबैले छातीमा हात राखेर एक पटक सोचौ। रेल र पानी जहाजमाथि जतिसुकै खिसिट्युरी गरेपनि आखिर विकास र समृद्धिको सपनालाई आम नेपाली जनताले आत्मसाथ गरेकैहुन्।

दह्रो आत्मवल र गहिरो ईच्छाशक्तिले प्रधानमन्त्री केपी ओली नेपालको एक राजनेताका रुपमा स्थापित भएका छन । इतिहासले पुष्टि गर्छ कि एकजना व्यक्तिको राष्ट्र निर्माण प्रतिको दृढ संकल्प र दुरदर्शिताका कारण कमजोर राष्ट्रहरु समृद्ध राष्ट्रका रुपमा स्थापित भएकाछन्।

परिवर्तन र रुपान्तरणको चरणमा अनेकौं चुनौतीहरु आउछन्। चुनौतीको सामना गरि अघि बढ्नेले नै इतिहास रच्छन्। हो अहिले हाम्रो देशका प्रधानमन्त्रीका सामू धेरै चुनौतीहरु छन्। राष्ट्रिय अन्तरास्ट्रिय रुपमा चौतर्फी घेराबन्दीका कारण राष्ट्रियताको मुद्दा कमजोर गराउने प्रयत्न भएकाछन्। समृद्धिको अभियानमा अबरोध सृजना गर्ने कोशिस गरिएकाछन्। तर नेपाली जनता सबैको क्रियाकलाप चासो पूर्वक हेरिरहेका छन्।

राष्ट्रियताको लडाइँ र समृद्धिको यात्रामा सबैको भूमिका महत्त्वपूर्ण रहन्छ। त्यसका लागि सके रचनात्मक सहयोग गरौ, नसके अवरोध नगरौ। नेपाली जनताले सबैको हिसाबकिताब एकदिन राम्रोसँग गर्नेछन् । के यो विवाद गर्ने उपयुक्त समय होरु पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धाले राष्ट्र र राष्ट्रियताको लडाइँ कमजोर तुल्याउनु कति ठिक हो। महामारीको विरुद्धमा लडेर जनतालाई सुरक्षित तुल्याउने कार्यबाट सरकारको ध्यान अनेत्र मोड्नु कति उपयुुक्त रु

स्थिरताको मुद्दा उठाएर प्राप्त गरेको जनताको अभिमतको अवमूल्यन गरि सरकार ढाल्ने खेलमा सकृयता बढ्नु ठिक होरु नमिलेका सबै कुराहरु मिलाउने तर्फ अगाडि बढ्ने कि अनावश्यक बखेडाहरु सृजना गरि अस्थिरता बढाउने हो एकपटक ठण्डा दिमागले सोचौ। हरेक हिसाबले समान रुपमा शक्ति बाँडफाँड गरौ। छलफल र अन्तरक्रियाबाट मनभित्रका कालोमैलो पखाल्ने काम गरौ। म बाट हामी भन्ने भावनाबाट प्रेरित भै समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपाली एकजुट हौ। फुटेर होईन जुटेर अघिबढौ।

(नुवाकोट सरोकार समाजका महासचिव श्रेष्ठ नेकपाका युवा नेता हुन ।)

प्रकाशित मिति : २७ असार २०७७, शनिबार २१:१६