१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सरकारविरुद्धकाे षड्यन्त्रमा मन्त्रीहरू नै लागे, तपाईहरू पार्टी जोगाउन लाग्नुस्ः प्रधानमन्त्री ओली


२० असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपा जोगाउन लागि पर्न मन्त्रिपरिषद्का सदस्यहरूलाई निर्देशन दिएका छन । शनिबार साँझ प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्का सबै सदस्य मन्त्री र राज्यमन्त्रीलाई निमन्त्रणा गरेर प्रधानमन्त्री ओलीले नेकपा गम्भीर अवस्थामा पुगेको भन्दै पार्टी एक बनाउने अभियानमा लाग्न अपिल गरेका हुन ।

उनले पार्टीका अन्य शीर्ष नेतालाई सम्झाउन पनि प्रधानमन्त्रीले आग्रह गरेका छन । उनले  सरकारविरुद्धको षड्यन्त्रमा मन्त्रिमण्डलकै  सदस्यहरू लागिपरेको समेत बताए । प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरूलाइ बालुवाटारमा बोलाएर आफू र राष्ट्रपति विद्यादेवी भण्डारीको विरूद्धमा गम्भीर षडयन्त्र भएको पनि बताए ।

ओलीले पार्टीका नेताहरूले प्रधानमन्त्री र राष्ट्रपतिका विरूद्धमा गम्भीर षडयन्त्र गरिरहेको भन्दै यतातर्फ सजग हुन अपिल गरेका छन । उनले पार्टी एकताका लागि आफूले अन्तमिम समयसम्म पनि प्रयत्न गर्ने भन्दै मन्त्री र राज्यमन्त्रीहरूलाइ पार्टी एकढिक्का बनाउने अभियानसमा सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार २१:४०