१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

काठमाडौँको तारकेश्वरका ३ जनामा कोरोना संक्रमण पुष्टि


२० असार, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तारकेश्वर नगरपालिका-४ फुलबारी गेटकी ५२ वर्षिया महिला, नेपालटारकी २६ वर्षिया महिला र तारकेश्वर-९ मनमैँजुकी २३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार फुलबारी गेटकी ५२ वर्षिया महिला त्यहिँकी स्थानिय भएको र असार १५ गते नियमित स्वास्थ्य जाँच गराउन काठमाडौँकै एक हस्पिटलमा गएको र असार १८ गते उनमा कोरोना पुष्टि भएको हो ।

यसैगरी, नेपालटारकी २६ वर्षिया महिला नुवाकोटबाट असार १४ गते काठमाडौँ आएकी थिइन् । उनको पनि असार १८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, मनमैँजुकी २३ वर्षिया महिला काठमाडौँको ह्याम्स अस्पतालमा कार्यरत रहेको खुलेको छ । गोरखाबाट आएर १४ दिन होम क्वारेन्टिनमा बसेकी उनको असार १८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनिहरू सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे पनि मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार १२:४४