२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कोरोना महामारी, रोकथाम र बालबालिकाको सुरक्षा


—तिलोत्तम पौडेल

विश्वमा महामारीको रूपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड–१९) लाई समयमा नै पहिचान गरी यसको रोकथाम, नियन्त्रण, उपचारमा सहजीकरण र सहयोग गर्नका लागि नेपाल सरकारले उप–प्रधानमन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समन्वय समितिबाट निर्माण गरी उक्त समितिबाट कोभिड–१९, संक्रमण रोकथाम सन्दर्भमा नियमित वैठक, छलफल र कार्यन्वयन हुँदै आएको छ ।

विश्वमा नै महामारीको रूपमा फैलिएको महामारी सन्दर्भमा नेपालमा यसको विषयमा छलफल, वहस चलिरहदा सरकारको तर्फबाट आन्तरिक छलफल चलिरहदा हाम्रो पूर्व तयारी पुगेन, सरकार नै छैन की विजोग भयो, संघसंस्था कहाँ गए जस्ता थुप्रै प्रश्नहरूले हाम्रो सामाजिक सञ्जालहरू झकिझकाउ थिए । नयाँ नौलो पहिलो पटक यस्तो महामारीबाट विश्व नै असुरक्षित हुँदा चिन्ता र चासो राख्नु स्वभाविक हो तर हतोत्साहित नहुन, नआत्तिन, सुरक्षित रहन गरेका कतिपय आग्रहहरू पनि स्वीकार गर्न मुस्किल थियो । किनकि कोरोनाको परीक्षण गराउन एकमात्र स्थान टेकुमा प्रयोगशाला भएको अवस्थामा त्यहाँ नै पठाउनु पर्ने थियो । त्यो पनि के–कसो हो भनेर ल्याब टेस्टको लागि हङ्कङ् नै पु¥याउनु परेको स्थिति थियो ।

¥यापिट टेस्ट किट, पि.पि.सेट, थर्म गर्न, माक्स विश्वबजारमा नै नपाएको स्थितिमा स्वास्थ्यमन्त्री र सरकारका विषयमा छिटो छरितो ल्याउन सकारात्मक दवाव दिनु त राम्रो हो । एकातिर माग गर्ने अर्कोतिर अवरोध गर्न खोज्ने, आफ्नै पार्टी भित्र बाहिर यस्ता पक्ष प्रतिपक्ष, व्यक्तिगत, राजनीतिक, सबै कुरा जोड्ने, कोरोनासँग लड्ने भन्दा पनि सरकार र स्वास्थ्यमन्त्रीसँगै लड्ने जस्ता प्रचारप्रशार गरेको तितो यथार्थ हाम्रो सामू विद्यमान नै थियो । कसैलाई आफ्नोबाट खरिद गर्ने चिन्ता, कसैलाई यही बेला सर्वदलीय सरकार, सर्वदलीय सम्यन्त्र मात्र हैन मध्यावधी चुनावको समेत चर्चा परिचर्चा भए । हुन त राजनीतिमा यस्तो कुरा सामान्य लाग्ला तर पनि सत्तापक्ष प्रतिपक्ष भित्र दुवै स्थानमा कोरोना विरुद्धको अभियानमा साथ दिनेकी, यसै बेलामा आफ्ना अभिष्टहरू पुरा गर्ने भन्ने खालका भनाई दृष्टिकोणहरू नआएका होइनन् ।

मानिसलाई संयमित, भयविद्ध नभईकन रोग विरुद्ध लड्न सबै स्वार्थ त्यागेर एकताबद्ध ढङ्गबाट अघि बढ्ने समयमा सामाजिक सञ्जालमा आफू नेतृत्वमा पुग्दा वा चाहे सत्तापक्ष, चाहे प्रतिपक्ष, चाहे आफू सरकारी कर्मचारी ओहदामा रहदा उपलब्धी हासिल गर्ने कार्य नगर्ने तर सरकारले गरेन, सुझाव दिने नाममा सामाजिक सञ्जालमा सेलिब्रेटी र चुनाव प्रचारको जस्तै मसला बनाउने काम केही सञ्चारमाध्यम, बौद्धिक वर्ग, राजनीतिकगणहरूबाट प्रहार भई नै रहे । घरमा सरकारले लकडाउनलाई सम्मान गरिहेका जनताहरूलाई झनै दिगभ्रमित पार्ने कार्यमा त्यस्ताकुरा नकारात्मक असर ग¥यो ।

सरकारले लकडाउन गर्ने निर्णय ग¥यो । संघीय हुँदै प्रदेश र स्थानीय तहमा प्रकोप रोक्न समितिहरू बनाई कामहरू तिब्र गतिमा हुन थाल्यो । स्थानीय तहहरूले आफै पनि सहयोग आह्वान गरे, सरकारले पनि कोषको स्थापना ग¥यो । उद्योग, व्यवसायी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी नागरिक संघ–संगठनहरूसँग छलफल हुन थाल्यो, दैनिक अपडेट हुन थाल्यो । प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न थालियो, विदेशमा रहेका नेपालीहरूको सन्दर्भमा सरकार प्रमुखहरू र मन्त्री स्तरमा छलफल कुराकानी हुन थाल्यो । देशमा भएको स्रोत साधनअनुसार देशमा नै नभएको मेडिकल उपकरणहरू रेपिट टेस्टकिट, माक्स, पिपि सेटहरू ल्याउने काम र प्रदेशहरू पठाउने कार्यहरू भए निक साइमनले त सरकारलाई १० थान आई.सि.यू. सहितका थुप्रै सामाग्रीहरू उपलब्ध गरायो ।

विस्तारै एकद्वार प्रणालीलाई सम्मान गर्दै वल्ड भिजन इन्टरनेशन, गुड नेभर्स इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल लगायतका विकासका साझेदार संस्था तथा अन्य उद्योगी, व्यावसायी, गैरसरकारी संस्थाहरूले आर्थिक भौतिक र नैतिक सहयोग प्रदान गरेका छन् । मनोविमर्श सेवा प्रदान गरेका छन् । अन्य नागरिक संघसंगठनले संघीय, प्रदेश र स्थानीय तह आ–आफ्नो तर्फबाट सहयोग पु¥याउँदै गए । सरकार उच्च स्तरीय समिति, स्वास्थ्य मन्त्री, मन्त्रालय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जन प्रतिनिधि र सबैको योगदान स्वरूपमा आज टेकुमा सिमित रहेको प्रयोगशाला टेस्टको काम काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज, धनगडी हुँदै १० ठाउँभन्दा बढिमा हुन थालेको छ । भने अब ७७ वटै जिल्लामा नै हुने गरी तयारी भईरहेको छ । हिजो पिपि सेट स्वास्थ्यकर्मीले नपाएको भन्ने गुनासो कम हुँदै गएको छ । कतैकतै पिपिसेटको दुरुपयोग भएको, लगाउनु पर्नेले भन्दा नलगाउनु पर्नेले लगाएको दृष्यहरू समेत देख्न थालियो ।

विश्व बजारमा सामाग्रीको अभाव भएको, अमेरिका, फ्रान्स, इटलीले सामाग्रीहरू आवश्यकता अनुसार पाउन नसकेको समाचारहरू आईरहेको बेलामा टेस्ट किटहरू थपिदै रेपिट टेस्ट बढाउने कार्य बढ्दै जानुलाई सकारात्मक रुपले लिनुपर्छ । आजको मितिसम्म आर.डि.टि. परीक्षण गर्नेको संख्या ३९६७० रहेको छ भने पि.सि.आर. ९६६६मा टेस्ट हुनको पछाडि सरकारको पछिल्लो पहलको रूपमा लिन सकिन्छ । ४९ जनामा पोजेटिभ देखिएकोमा १२ जना त निको भई घर गएको अवस्था छ । अझै पनि १४७३१ क्वारेन्टाइन र ८७ जना आइसोलेसनमा छन् । कोरोनाबाट विजेता हासिल गरी घर फर्किएकाहरूको प्रतिक्रिया चिकित्सा प्रणाली प्रति अत्यन्त प्रशंसनीय रहेको बताएका छन् ।

कोरोनाको असर सबै क्षेत्रमा परेको छ । मजदुरहरू अपाङ्गता भएका, गरिब तथा सिमान्तकृत वर्गका बालबालिका, सुत्केरी तथा गर्भवती महिलाहरू, जेष्ठ नागरिकहरूलाई यो लकडाउनमा झनै गा¥हो छ । सरकार र नागरिकले पनि आ–आफ्नो तर्फबाट पहल कदमी त गरेका छन् । तथापी अब लकडाउन लम्बिन्छ । खानाबस्न गा¥हो हुन्छ गाउँजाँदा हुन्छ भन्ने कतिपयको आफ्नो विचार कतिपय लहैलहैमा लागेर झिटी झाम्टो, झोला, बालबच्चा सहित उपत्यका तथा शहरी क्षेत्रबाट गाउँ फर्केका दृश्यहरू हेर्दा सरकारले केही नै नगरेको भन्ने आभाष सहित २–४ दिन सामाजिक सञ्जाल रंगिए कसैले स्वभाविक रूपमा त कोहीले बाध्यताको रूपमा लिए पनि कसैले जहाँ छौँ त्यही बस, सुरक्षित बस समस्यामा परे सरकारलाई भन प्रहरी, जन प्रतिनिधि हटलाइनमा खबर गर, बाटोमा जाँदा जोखिममा पर्न सकिन्छ, संक्रमण हुन सक्छ, दुःख पनि हुन्छ । यो कुनै आन्दोलन, मेला होइन, रोगसँगको लडाई हो भन्दै गर्दा ती सरकारका सकारात्मक सन्देशलाई बेवास्ता गर्दै, राजनीतिक मुद्धा, चुनावी चहलपहल जस्तै लेख्न थाले ।

बाटोघाटोमा अप्ठ्यारो परेकालाई स्थानीय तहसँग सहयोग समन्वय, सहकार्य गर्ने गराउने मनोविमर्श गर्ने कार्य गराउने, सुरक्षित ढङ्गले सम्बन्धित ठाउँकै क्वारेन्टाइनमा राख्ने, बैकल्पिक व्यवस्था गर्नेमा भन्दा फोटो राखेर सेलीब्रेटी हुने तर्फ लागे । हो उद्धार राहत प्रदान गर्नु पर्दथ्यो, तिनै तहको सरकारको बीचमा प्रभावकारी समन्वय जति हुन पर्दथ्यो त्यो हुन नसकेको देखियो । तथापी कतिपयले मजदुरको हितमा बाटोघाटोमा अप्ठ्यारो परेकाहरूलाई युवा स्वयम्सेवकहरूले र स्थानीय तहसँग समन्वय गर्ने सहयोग गर्ने गरेर सकारात्मक सन्देश प्रवाह गरेपनि कसैलाई राजनीतिक मसला समाचारको हेडलाईन बनाउने तथा सरकार माथि प्रहार गर्ने कार्य गर्न समेत पछि परेनन् । यस्तै बीचमा हामी कोरोना विरुद्ध लडिरहेका छौँ । यसमा कोही सत्ता पक्ष र कोही प्रतिपक्ष हुन हुँदैन । हामीसँग भएका स्रोत साधनको उचित प्रयोग, प्रभावकारी अनुगमन पारदर्शिता, जवाफदेहितामा भने सबै पक्षले ध्यान दिन जरुरी छ ।

अझै पनि सामाजिक सुरक्षा र संरक्षणसँग जोडेर हेर्दा, मजदुर, विपन्न वर्ग, सिमान्तकृत वर्ग, बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिला, जेष्ठ नागरिक अपाङ्गता भएकाहरूलाई विशेष ध्यान दिनुनै पर्दछ । खुलासिमाना भारतबाट आउने तथा विदेशबाट आएका तथा उनीहरूले भेटघाट गरेकाहरूको रिपिड टेस्ट बढाउने, उनीहरूलाई क्वारेन्टाईनमा राख्ने कुरालाई थप व्यवस्थित गर्नुपर्ने देखिन्छ । राहत वितरणलाई पारदर्शी, जवाफदेहि, गुणस्तरीय र व्यवस्थित गर्दै भिडभाड निरन्तरमा ध्यान दिनु पर्दछ । बालबालिका र महिलामाथि हुनसक्ने हिंसा, दुव्र्यवहारबाट जोगाउने तथा लकडाउनमा अनलाईन, रेडियो, टि.भि.बाट मनोपरामर्श सेवा र शैक्षिक गतिविधिहरूलाई बढाउनु पर्दछ । नेपाल सरकारले कोरोनाले मानव जीवनको आर्थिक, भौतिक, नैतिक, सामाजिक शिक्षा, स्वास्थ्य, कृषि, रेमिटेन्स सबै क्षेत्रमा नकारात्मक असर परेकोले कोरना पश्चात मुलुकको अवस्थाको पूर्ण आंकलन समेत गरी अल्पकालीन मध्यकालीन र दिर्घकालीन कार्य योजना बनाई नागरिक संघसंगठन विकासका साझेदार संघसंस्था, उद्योगी व्यवसायी सबै सहकार्यमा कार्ययोजना बनाउन अब ढिलो गर्नु हुँदैन ।

प्रहरी, सञ्चारकर्मी, स्वास्थ्यकर्मीकोे स्वास्थ्य सुरक्षा समेत ख्याल गर्ने र नागरिकको गुनासो सुन्न २४ घन्टा नै खुला रहने खालको हटलाईन व्यवस्था गर्न जरुरी छ । कोरना विरुद्धको अभियानमा विभिन्न स्थानीयतहले गरेका असल अभ्यासहरू, खोजी गर्ने र अरुले पनि सिक्ने सिकाउने कुरामा जोडदिन जरुरी छ । पालिकामा भएका उत्पादन, पालिकाले नै खरिद गरी बिक्री गर्ने प्रबन्ध गर्ने र शहरबाट गाऊँ फर्केकाहरूलाई बाझो खेतबारीमा काम गर्न प्रोत्साहित गरी कृषिमा निर्भर बनाउने तर्फ ध्यान दिन जरुरी छ । अनगिन्ती समस्याहरू छन् । विश्वमा समस्यामा छ । भएका कार्य पहलहरू खुलेर प्रशंसा गरौँ । कमीकमजोरीहरू संम्बन्धित निकायमा प्रत्रियागत ढङ्गबाट उजुरी दिने गरौँ । काम गर्ने सन्दर्भमा कही कतै कमजोरी भएको छ भने सुझावहरूलाई पनि ग्रहण गर्न जरुरी छ । यो धेरै जना मान्छे सडकमा निस्केर भूकम्पमा गरे जस्तो सहयोग गर्ने भन्दा पनि लकडाउनको परिपालना गर्ने, जहाँ छौँ त्यही सुरक्षित बस्ने, सही सूचना आदनप्रदान गर्ने, गलत सूचनालाई निरुत्साहित गर्ने, व्यक्तिगत, संस्थागत, पारिवारगत पार्टीगत, जहाँबाट जे सकारात्मक सहयोग गर्न सकिन्छ । सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सहयोग गरी संकट टार्ने र कोरनाबाट आफू जोगिने र अरुलाई जोगाउन सकेमा नै हामी सबैको भलो हुनेछ ।

अप्ठ्यारो र असहज परिस्थितिमा सबैका सबै काम गर्ने शैलीहरू सबैलाई मन नपर्न सक्दछन् । कमजोरीहरू छन् भने आधार प्रमाण सहित राखौँ, कोरनाको अन्त्य पछि त्यसमा वहस छलफल उजुरी गरौँला अहिले सरकारको निर्णय पालना गरौँ यसैमा नेपाल र नेपालीको हित छ । कोरना निको नहुने रोग होइन् । यसको घरमानै बस्ने सामाजिक दुरीहरू कायम गर्ने, भिडभाडमा नजाने, सकारात्मक सोच्ने पुस्तकहरू पढ्ने, घर सरसफाई, करेसावारी निर्माण, सुरक्षितढङ्गबाट खेतीपातीमा सम्लग्न हुने । बालबालिकलाई ज्ञानगुनका कुरा सिकाउने, रचनाहरू लेख्ने, जस्ता आफ्नो समय, स्थान, परिस्थिति अनुसार सिर्जनशील काममा लागेर समय व्यवस्थापन गर्न सकिन्छ । यसो गर्दा कोरोनाबाट आफू र परिवार दुवैलाई जोगाउन सकिन्छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार ०९:४०