१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अमेरिकाको एक विद्यालयमा गोली हानी १० विद्यार्थीको हत्या, १० बढी घाइते


५ जेठ, काठमाडौँ । अमेरिकाको एक विद्यालयमा गोली हानी १० विद्यार्थीको हत्या गरिएको छ । अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको हो । घटनामा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन ।

शुक्रबार ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

घटनामा संलंग्न भएको आरोपमा १७ वर्षीय दिमित्रोस पगोत्र्जिसलाई हिरासतमा लिइएको छ । प्रहरीका अनुसार विद्यालय परिसरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ समेत बरामद भएको छ । घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार ०७:३०