२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कोरोनाको कारण विश्वका आठ हजार पाइलटको जागिर गुम्दै


-लक्ष्मण सिटाैला
यतिबेला बिश्व लकडाउनमा छ । हवाई यातायातका प्रायः सबै सेवाहरु ठप्प छन । एउटा आगन जस्तै र सबै एक परिवार जस्तै लाग्ने बिश्व मानवसमुदाय बिचको भौगोलिक दुरि बढेको छ । कमर्सियल फ्लाईटहरु बन्द भएको स्थिति छ । र कहिले देखि बिश्वमानव सहज परिस्थिति र आफ्नो पुर्वअवस्थामा फर्किने हो कसैले आन्दाज गर्न सक्ने स्थिति छैन । कोरोनाबाट अति प्रभावित देश अमेरिका र युरोपेली मुलुकहरु पुर्वास्थामा फर्किन धेरै समय लाग्ने छ भनेर अनुमान गरिदै छ । बिश्व ब्यापार ठप्प छ । तेल उत्पादक कम्पनीहरु खरबौमा नोक्सानमा छन। हवाई सेवा समेत अति नै नराम्रोसग प्रभावित भएको छ । मानिसको यात्रा रोकिएको छ । हवाई यातायातले सन्सारलाइ जोडेको थियो र मानिसहरूले कहिले कल्पना समेत गरेका थिएननन कि उनीहरू जहाँ बसेका छन त्यही रोकिन पर्ने अवस्था पनि सिर्जना हुनसक्छ भन्ने। आज बिश्व त्रसित छ। कोरोनाको खोप उत्पादन हुन्जेलसम्म धेरै मानिसहरू हताहत भइसक्ने छन।

अनुसन्धानबाट आविष्कार हुने खोप पनि त्यति प्रभाशाली हुनसक्छ भन्ने कुनै ग्यारेन्टी छैन किनभने एच आइ भि रोगको यात्रा ३५ बर्ष नाघिसकेको छ। र आजसम्म यस्को रोकथाम मात्रै भएको छ निको हुने कुनै औसधि पत्ता लागेको छैन। अहिलेसम्म कोरोनामाथी गहिरो अध्ययन हुन सकेको छैन र भनिन्छ कोरोनाले रुप परिवर्तन गरिरहेको छ । चाइनाबाट उत्पत्ति हुँदाको अवस्था भन्दा अहिले बिश्वमा फैलिदा यस्को रूपमा ,प्रभावमा र फैलावटमा परिवर्तन आइरहेको छ । खोपको बिकास हुँदासम्म यस्ले बिश्व मानव माथी कति क्षति पुर्याउछ भन्न सकिने अवस्था छैन । मानिसको अवस्था सामान्य हुदासम्मको स्थितिमा मात्रै हो ब्यापार जागिर अध्ययन अनुसन्धान र उस्ले गर्ने यावत कर्महरु त्यही गतिमा गतिमान हुने । अहिले जुनसुकै क्षेत्रको पनि गति रोकिएको छ । यस्तै गति आजभन्दा १०२ बर्ष अगाडि पनि रोकिएको थियो र त्यो बेला अहिलेको जस्तो रोगप्रतिरोधी ओखती पनि प्रयोगमा आइसकेको थिएन । मानिस जव उ असमान्य अवस्थामा रहन्छ न त्याहा ब्यापार हुन्छ न त्याहा सामाजिक कामहरू हुन्छन न जीवनका अरु गतिशील कर्महरु त्यही रफ्तारमा अगाडि बढ्न नै सक्छ ।

कोरोनापछीको हवाई क्षेत्र र त्योसग संबंधित सबै ब्यापार अहिले बिश्वभरिनै ठप्प छ । चार्टर र उद्दार भन्दा बाहेकको क्षेत्रमा हवाई सेवा प्रयोगमा आएको छैन। ब्यापारीक उडान यति छिटो नै सुरु होला भन्न सकिने अवस्था छैन। ब्यापारको अरु क्षेत्र भन्दा हवाई सेवा पृथक र रिस्क भएको क्षेत्र पनि हो । लामो दुरिमा उड्ने एउटा ए-३३० जाहाज जब कमर्सियल उडानमा जान्छ तब यस्को अप्रेसन लागत हामीले सोचेभन्दा धेरै फरक हुन्छ। जाहाजको पनि हरेक पार्टसको आआफ्नै लाइफ र साइकल हुन्छ । उड्नु थालेपछि उडानसग सम्बन्धित सबै पुर्जाहरुको लाइफ साइकल सुरु हुन्छ । इन्जिनदेखि ल्यान्डिङ गेर ,व्हिल देखि अरु नेभिगेसन र इलेक्टि्रकल पार्टसहरुको आयु हुन्छ। तिनीहरूको हरेक उडानको घन्टासग र टेकअफ ल्यान्डिङसग समय गणना हुन्छ । निश्चित घन्टा पार गरेपछि फेर्ने वा ओभरलमा पठाउनु पर्ने हुन्छ।

जाहाज उड्न थालेको चार हजार घन्टामा इन्जिन ओभरल गर्नुपर्ने हुन्छ त्यसपछि सिङै जाहाजको सुरुमा निश्चित घन्टापछि ए चेकमा जानुपर्ने हुन्छ । अर्को क्रमश बि चेक सि चेक हुँदै जान्छ । म्यानुफेक्चरिङ कम्पनीले निर्धारण गरेको समयमा पुरै जाहाज चेक गर्नुपर्ने हुन्छ। हरेक चेकमा धेरै खर्च हुन्छ। यही कारणले पनि हवाई क्षेत्र एउटा निकै महङ्गो ब्यवशाय हो । सबै प्रकारका जाहाजको ओभरल ( मेन्टेनेन्स लागत ) चार्ज अत्यन्तै महँगो हुन्छ । त्यही कारण पनि एयरलाइन्सको ब्यापार हम्मेसी नाफामा जादैन । गएपनी कुनै कारणबस उडान तालिकामा तलमाथि पर्यो वा उडानहरु रद्ध गर्नु परेको खण्डमा र यात्रुहरूलाई तारे होटेलमा राख्नुपर्ने स्थिति आयो भने टिकट बेचेको मुल्य भन्दा यात्रुलाई एकदिन पाल्नुपर्दाको अवस्था खर्चिलो हुन्छ । यो एउटा चुनौतीकै रुपैया देखिन्छ ।त्यसैले पनि सबै एयरलाइन्सले हम्मेसी उडानहरु रद्द गर्दैनन् । त्यसैले पनि विशेष परिस्थिति सिर्जना हुन नगएसम्म कुनै पनि हवाई सेवा कम्पनीले आफ्नो निर्धारित उडान रद्द गर्न चाहदैनन् ।

निर्धारण गरेको फ्लाईट सेडुल बिबिध कारणले जब रद्द हुन्छ तब एयरलाइन्सको हालत खराब हुन्छ। अझ लङहल फ्लाईट रद्ध हुँदा यात्रुहरूको गुनासो थेग्न सक्ने स्थिति नै हुदैन । सबै यात्रुले आफू पुग्ने गन्तब्य यात्रा निश्चित मितिका लागि तय गरेका हुन्छन् त्यो समयमा पुग्न नसक्ने भएपछि उनीहरूको पनि आफ्ना आफ्ना काम मिटिङ ब्यापार होलान् अनि त्यस्को निश्चित शोधभर्ना खोज्छन। आइकावोको नियम अनुसार लङहलका सबै यात्रुलाई तारे होटेलमा राख्नुपर्ने हुन्छ । उडान रद्द हुँदा दुवैतर्फको प्यासेन्जरलाइ खानपिन र आवास सुबिधाको प्रबन्ध गर्नुपर्ने हुन्छ। अझ पुरै फ्लाईटको सिट अकुपेन्सी फुल छ भने पुरै यात्रुलाइ ब्यावस्थापन गर्नुपर्ने हुन्छ । अहिले प्रायः एयरलाइन्स कम्पनीहरु कोड सेयरिङमा चलेका छन। ट्रान्जिट गरेर अर्को एयरलाइन्सको फ्लाईटको उपयोग गरि यात्रुलाई आफ्नो गन्तव्यमा पुर्याउने कार्यलाई कोडसेयरिङ भनिन्छ। एयरलाइन्स भित्रको आन्तरिक सम्झौता हो यो । जस्तो इतिहाद एयरले नेपाल बाट उडान भरेर दोहा पुगेका यात्रुलाई कतारबाट युरोपेली देशमा पुर्याए जस्तै । नाफा र नोक्सानको हिस्सामा साझेदार अप्नाइने सम्बन्ध । हवाई सेवा कम्पनीले निर्धारण गरेको फ्लाईट प्रोग्राम सकेसम्म रद्द गर्दैन किनभने यसबाट उस्ले धेरै नोक्सानी बेहोर्न पर्ने हुन्छ । जाहाजमा प्राबिधिक समस्या , क्याबिन क्रु र ककपिट क्रुको अभाव वा कुनै खराब मौसमका कारणले मात्रै निश्चित उडान तालिका रद्द हुन सक्ने अवस्था आउन सक्छन् ।

बिमानहरु भुमिस्थ हुँदाको अवस्थामा पनि संबंधित हवाई नियमन र नियन्त्रक निकायलाई भुमिस्थ गरेको सबै जाहाजको पार्किङ चार्ज तिर्नुपर्ने हुन्छ। हरेक महिना यस्को महङ्गो इन्स्योरेन्स तिर्नुपर्ने हुन्छ। उडान गर्दा मात्रै होइन ग्राउन्डेड हुदा पनि यस्को आफ्नै खर्च भैरहेको हुदा बिश्वका हवाई सेवा प्रदायक कम्पनीहरु प्रायः घाटामा गैरहेका हुन्छन। सरकारले जिम्मेवारी लिएको रास्ट्रध्वजाबाहक एयरलाइन्सहरु कतार, थाइएयर्वेज, एयर ईन्डिया ,इथेहाद अथवा नेपाल एयरलाइन्स अहिले उठ्नै नसक्ने गरेर थला परेको अवस्थामा छन। ईन्डियन एयर र एयर ईन्डिया पछि मर्जमा गए तर पनि उस्को आर्थिक अवस्था सुधार हुन सकेन। ईन्डियन गभर्मेन्टले अरबौ डलर लगानी गरिदिएको छ तर पनि बालुवामा पानी खन्याए जस्तो भएको छ । नाफामा गएको थाइल्यान्डको सरकारी एयरलाइन्सको हालत पनि टाटको अवस्थामा पुगेको छ ।
भर्जिन एयरले आफ्ना आफ्ना छ सय पाइलोट सहित तीन हजार कर्मचारीहरु कटाैती गरेको छ ।

फिन एयरले भाडामा लिएको बार्हवटा जाहाज सहित चैबिस सय कर्मचारी निष्कासन गरेको छ । साथै मौजुदा बाईस वटा जाहाज ग्राउन्डेड र आफ्ना एकचालीस सय स्थाइ कर्मचारीलाई सेवा बाट अवकाश दिएको छ । रेनएयरले आफ्ना ११३ वटा अन्तर्राष्ट्रिय उडान गर्ने जाहाजहरुलाइ भुमिस्थ गर्नुका साथै नौ सय तेर्ह अन्तर्राष्ट्रिय चालकहरु घटाएको छ र कोरोनाको प्रभाव यस्तै रहेमा आउदो महिना सम्ममा अरु ४५० पाइलोटहरु घटाउने योजनामा लागेको छ ।

नर्वेजियन एयरले लामा दुरिका सबै उडानहरु रद्द गरेको छ । र लिजमा लिएको ७८७ सिरिजका सबै जाहाजहरु लिजमा दिने कम्पनीलाई फिर्ता गरिसकेको छ । इतिहाद एयरले आफुले अर्डर गरेका सबै ए-३५० सिरिजका जाहाजहरु निर्माण रद्द गरिसकेको छ । साथै उस्ले आफ्ना लङहल फ्लाईट गर्ने जाहाजहरु ए- ३८० र बोइङ सिरिजका जाहाजहरु ग्राउन्डेड गरिसकेको छ । आफ्ना ७२० कर्मचारीलाई कटाैती समेत गरेको छ ।

एयर इमिरेट्सले यो बर्ष सबैभन्दा धेरै निर्माण गर्न लगाएको ७७७ सिरिजका सबै १५० बोइङको निर्माण रद्ध गरेको छ र आफ्ना ३८ वटा ए ३८० सिरिजका सम्पुर्ण जाहाज भुमिस्थ गरेको छ । उस्ले आफ्ना स्थाइ ५६ जना कर्मचारीलाई समेत अवकाश रोज्न आव्हान गरिसकेको छ ।विज एयरले भाडामा लिएका ३२ वटा ए३२० सिरिजका जाहाजहरु कम्पनीलाई फिर्ता गरेको छ। आफ्ना २०० चालक सहित अन्य १२०० कर्मचारी घटाइ सकेको छ । अवस्था हेरेर आगामी महिना भित्र अन्य ४३० कर्मचारी पनि घटाउने योजनामा लागेको छ । र बाकी रहेका कर्मचारीहरुले खाइपाइ आएको तलबमा समेत ३० प्रतिशतले कटाैती गर्दै छ ।

आइ ए जि (बृटिस एयर्वेजसग्को भगिनी सस्था) आफ्नो एयर युरोपासगको सहकार्यलाइ तोडेको छ र यस्को बापत उस्ले एयर युरोपालाइ चालीस मिलियन पाउन्ड तिर्दै छ । आइ ए जि ले आफ्ना ५६ वटा जाहाज ग्राउन्डेड गरेको छ । बृटिस एयरले पनि आफ्ना ३४ वटा लङहल फ्लाईटलाई ग्राउन्डेड गरिसकेको छ र ५८ बर्ष पार गरेकालाइ सेवा मुक्त गरिसकेको छ।

लुक्सएयरले ( Luxair ) ले पचास प्रतिशत जाहाजहरु घटाएको छ । र आफुले सहकार्य कोड सेयरिङ गरेका सबै भगिनी सस्थाहरुसगको आन्तरिक सम्झौता रद्ध गरिसकेको छ । युरोविङ एयरवेज बैंक करप्टेसिमा परेको छ। ब्रसेल्स एयरलाइन्सले पचास प्रतिशत भन्दा बढी आफ्ना जाहाजहरुमा कटाैती गरेको छ। र सहकार्य गरेका कतिपय एयर कम्पनी सगको सम्झौता समेत रद्द गरेको छ ।

त्यस्तै लुफ्थान्सा एयरले आफ्ना ७२ वटाभन्दा बढी लामो दुरिका जाहाजहरु ग्राउन्डेड गरेको छ । त्यस्तै अर्को होप एयरले पचास प्रतिशतले कर्मचारी घटाउदै र पचास प्रतिशतले जाहाज पनि घटाउने योजना बनाउदै छ । अहिले बोइङ निर्माण कम्पनीसग कम्तीमा ६० भन्दा बढी निर्माण सप्पन्न भएका लामोदुरिका जाहाजहरु ग्राहक कुरेर बसिरहेको छ । जवकी उक्त कम्पनीलाई अर्डरमा आएका जाहाज निर्माण गर्न भ्याइ नभ्याइ हुन्थ्यो। कतिपय जाहाजहरु फिर्ता आउदै र निर्माणका लागि बैना दिएका हवाई सेवा कम्पनीहरुले धमाधम आफ्नो अर्डर समेत रद्ध गरिरहेका छन । कोरोना प्रकोपकै कारण बिश्वका बोइङ म्यानुफेक्चरिङ कम्पनी समेत धरापको अवस्थामा पुगेका छन र आफ्नो हाइलिस्किल म्यानपावरलाई समेत कामबाट निकाल्नु पर्ने बाध्यता छ । हवाई उड्डयन सेवा प्रदायक कम्पनी मात्रै होइन जाहाज निर्माण कम्पनी समेत यतिबेला बिश्वब्यापी कोरोना प्रभावका कारण अन्योलग्रस्त छन । अरबौ डलरमा डिल भएका सेवा प्रदाएक कम्पनीहरुले जाहाज निर्माणको काम नै धमाधम रद्ध गर्न थालेका छन। बिश्वब्यापी रूपमा कोरोनाको भ्याक्सिन उत्पादन सुरु हुन पनि अझै केही बर्ष लाग्ने सम्भावना बढ्दै गएको छ । यस्को कारण पनि सबै हवाईसेवा प्रदायक कम्पनीहरुको भविस्य अन्योलग्रस्त हुँदै गएको छ ।

एयरबस मेनेफेक्चरिङ कम्पनीसग अहिले निर्माण सप्पन्न भएका र अर्डरमा आएका ७८ वटा लामोदुरिका एयरबसहरु ग्राउन्डेड छन । त्यसमा ए ३५०का जाहाजहरु मात्रै तीस वटा छन । एयरबस कम्पनीले कोरोना प्रभावका कारण बिश्वमा लगभग आठ हजार जाहाजरु भुमिस्थ हुने र नब्बे हजार पाइलोटहरुले आफ्नो जागीर गुमाउँने आकलन गरेको छ। हवाईसेवामा आएको ब्यापार क्षयिकरणका कारण बिश्वको दुरि लम्बिएको छ । मानिसहरूको ब्यापारिक यात्रा नै रोक्किएको छ ।

अत्यावश्यक सेवाका सामाग्रीहरुको मुल्य आकाशिएको छ । मानिसहरूको निर्धारित गन्तव्य र उदेश्य समेत स्थिर रहेको छ ।हवाई इन्धन उत्पादन गर्ने तेल कम्पनीहरु धराशायी हुने अवस्थामा पुगेका छन । कार्गो ढुवानी शुल्कमा लागत बढेको छ । हजारौं पाइलोट इन्जिनियर क्याबिन क्रुहरुको जागीर धमाधम खोसिएको छ । उपयोग नै नभए पछि हवाई इन्धनको खपत एकाएक रोकिएको छ । यसबाट तेलसग संबंधित कम्पनीमा काम गर्ने कर्मचारीहरु कटाैतिमा पर्न थालेका छन । पर्यटन उद्योग धराशायी बन्दै गएको छ । प्रायः सबै देशको ग्रायस्थ उत्पादन ८० प्रतिशतले घटेको छ । होटेलमा गरिएका खरबौ डलरको लगानी डुब्ने अवस्थमा पुगेको छ । करोडौं मानिसहरू बेरोजगारको चपेटामा पर्न थालेका छन । कोरोनाले हवाई सेवा मात्रै होइन अब यस्ले मानिसको सामाजिक जीवनमा समेत प्रभाव पर्दै गएको छ ।मानिस सामु घनघोर समस्या र चुनौती थपिएका छन । अब कुर्नु हेर्नू र धैर्य गर्नु भन्दा अरु विकल्प छैन बिचरा हामी मनुष्यलाई ।

लेखकसँग [email protected] इमेल ठेगाना मार्फत सम्पर्क गर्न सकिन्छ । 

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार ०९:४१