१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रसुवामा यही जेठ ५ गते तेस्रो ‘अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’ हुँदै


–झरना नेपाली
३ जेठ, रसुवा । आउँदो जेठ ५ गते तेस्रो टान ‘अन्तराष्ट्रिय लाङटाङ म्याराथन’ सुरु हुने भएको छ ।शनिबार हुन लागेको ‘तेस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथन’ मा १०० जना धावक सहभागि हुनेछन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अनुसार म्यराथनमा ९५ जना नेपाली र पाँच जना विदेशीको सहभागिता रहने भएको छ । यस पटकको म्याराथनमा भाग लिन १५ जना महिलाले नाम दर्ता गराएका छन् ।

‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने मूल नारासहित टानले २०७३ सालदेखि म्याराथन आयोजना गर्दै आईरहेको छ ।
भूकम्पले क्षति भएका पर्यटकीय क्षेत्रहरु सुरक्षित रहेको सन्देश विश्वसामु प्रवाह गराउनका लागि प्रतियोगिता आयोजना गरिएको टानले जनाएको छ ।

टानले २०७३ सालमा गोसाइँकुण्डदेखि धुन्चेसम्म हाफ म्याराथनको आयोजना गरेको थियो । त्यस्तै २०७४ सालमा क्यानजिनदेखि स्याफ्रुबेँशीसम्म सञ्चालन गरेको थियो भने यो बर्ष पनि क्याङजिङ गुम्बादेखि म्याराथन सुरु शुरु भई घोडातबेला, शेर्पागाउँ, खान्जिम हुँदै स्याफ्रुबेँसीमा पुगेर समापन हुनेछ । म्याराथन जेठ ५ गते शनिबार बिहान ८ बजेबाट सुरु हुने संयोजक ऋतु ग्याम्दानले जानकारी दिए ।
क्यान्जिन गुम्बादेखि स्याफ्रुबेँशीसम्म ४२.१९५ किलोमिटर दूरी रहेको आयोजकले जनाएको छ । समुद्री सतहदेखि ३ हजार ८७० मिटर उचाइको क्याङजिङ गुम्बाबाट उद्घाटन हुने म्याराथनका सहभागीले करिब ४ घण्टा लामो यात्रा पार गरेर स्याफ्रुबेँसीमा पुगेपछि प्रतियोगिता समापन हुनेछ ।

म्याराथनको सम्पूर्ण तयारी पूरा भएको र म्याराथनले दिगो पर्यटनमा सहयोग पुग्ने सहयोगी संस्था हरित युवा पर्यटन विकास समाज (जिवाइटिडिएस) रसुवाका अध्यक्ष प्रमोद कुमार तितुङले बताए । म्यारथनमा रसुवाका २५ जनाले नाम दर्ता गराएका छन । म्याराथनमा पहिलो हुनेबिजेतालाई लाई एक लाख पाँच हजार, दोस्रो हुने बिजेतालाई ७८ हजार ७५० र तेस्रो हुने विजेतालाई ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा सहभागी हुने रसुवाबासीको लागि शिुल्क लाग्ने छैन, तर विदेशीका लागि ७५ अमेरिकी डलर तथा स्वदेशीका लागि २ हजार ५०० दर्ता शुल्क कायम गरिएको थियो । लाङटाङमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पु¥याउने उदेश्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको टानले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार २०:४८