१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

४०० बोरा जिरा मसिनो चामल बोकेर रसुवा पुगे नेकपाका नेता जनार्दन ढकाल (फोटोफिचर)


२ वैशाख, काठमाडाैँ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन ढकाल ४०० बोरा जिरा मसिनो चामल बोकेर गृह जिल्ला रसुवा पुगेक छन । मंगलबार दिउँसो ढकालले ४०० बोरा चामल र केही स्वास्थ्य सामग्रीसहित रसुवा पुगेका हुन ।उनले जिल्ला प्रशासन कार्यालयमा लगेर चामल र स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

कोरोनाले विश्वनै आक्रान्त बनेको समयमा निर्वाचित जनप्रतिनिधि खोज्दा पनि नभेटिने भएर बसेको देखेर आफूले गरिब र श्रमिक जनता भोकै हुन नपाउन भनेर राहतमा बितरणका लागि चामल लगेको बताए । उनले आफूले जहिल्यै पनि रसुवाको जनताको साथमा रहेको बताए । सो अवसरमा नेकपा रसुवाले ९ हजार थान सर्जिकल मास्क र २ हजार थान पञ्जा पनि हस्तान्तरण गरेको छ । सामग्री रसुवाका प्रजिअ अर्जुन भण्डारीलाई हस्तान्तरण गरिएको हो । तस्बीरहरूः हेमनाथ ढकाल

 

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार २२:०३