१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेकपा सचिवालयको निर्णयः कोरोनाविरूद्ध सरकारको काम प्रशंशनीय छ अझै प्रभावकारी बनाउ


२५ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा ) केन्द्रीय सचवालयकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अबेर सम्पन्न भएकाे छ । बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका काम प्रशंशनीय रहेको भन्दै अझै प्रभावकारी बनाउन अनुरोध गरेको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड(१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयो उल्लेख गरिएको छ ।

बैठकको प्रारम्भमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड( १९ को रोकथाम, नियन्त्रण रउपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयाश र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराउनुभएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ । बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले यस कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराउनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सचिवालयका सदस्यहरूले बैठकमा प्रस्तुत सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न  अनुरोध गर्नुभएको छ । त्यस्तै बैठकको समानाअघि प्रधानमन्त्री ओलीले प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिने बताउनुभएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार २१:५६