१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ओम्नी ग्रुपसँगको सम्बन्ध प्रमाणित गर्न युवा संघका नेता गोविन्द थापाको चुनौती


२५ चैत, काठमाडाैँ । नेकपाका युवा नेता तथा युवा संघ नेपाल का पूर्व उपाध्यक्ष गोविन्द थापाले आफु विरुद्ध शुनियोजित रुपमा झुटा आरोप लगाउदै समचारहरु आएको भन्दै उक्त समचारमा भनिए अनुसार सम्बन्ध देखाउन चुनौती दिएकाछन् । उनले कुनै पनि घोटाला तथा स्वास्थ्य सामाग्रि खरिद प्रक्रियामा आफु लगायत आफ्नो परिवारको संलग्नता प्रमाणित गरेर देखाए जस्तोसुकै दण्ड सजाय भोग्न तयार भएको पनि जनाएकाछन् ।

उनले प्रायोजित रुपमा आफ्नो विरुद्ध लेख्नेहरुलाई कारबाहीका लागि कानूनी प्रक्रियामा गएको पनि जनाएकाछन् । नेता थापाले चीनसँग नेपालले खरीद गर्न खोजेको स्वास्थ्य सामग्रीमा घोटाला गर्न खोजेको भनी समाचार आएको थियो ।

आफु् र आफ्नो परिवार विरुद्ध नभएको कुरा लेख्ने विरुद्ध नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ र नेपाल प्रहरीमा उजुरी दिएको उनले जनाए । कानूनी राज्यमा कानूनी उपचारका लागि गएको छु, उनले भने ।

नेता थापालाई ओम्नी ग्रुपसँग जोडेर समाचार आएका थिए । उजुरीमा थापाले लेखेका छन्– ‘समाचार कतिसम्म झुठ र असत्य छ भने ओम्नी नामको व्यावसायिक गु्रपसँग मेरो सम्बन्ध भएको लेखिएको छ । जबकि सो ग्रुपका सञ्चालकलाई मैले चिनेको समेत छुइन । चिनजान नै नभएको व्यक्ति तथा समूहसँग जोडेर मलाई समाचारमा ‘नाइके’ समेत लेखिएको छ ।’

थापाले आफू भ्रष्टाचार विरोधी भएको जिकिर गरेका छन्– ‘ म के स्पष्ट पार्न चाहन्छु भने म एक राजनीतिक सामाजिक कार्यकर्ता तथा लेखक हूँ । भ्रष्टाचार तथा कमिसनखोरीसँग आजसम्म मेरो कुनै सम्बन्ध छैन र भविष्यमा पनि हुने छैन । समाचारमा उल्लेख भए अनुसार म घोटालामा लागेको प्रमाण पेस गर्न सम्बन्धित मिडियाहरुलाई चुनौती दिन्छु । भ्रष्टाचारमा संलग्न भएको प्रमाण पाइएमा म जुनसुकै दण्ड भोग्न तयार छु । सो मिडियाले प्रमाण पेस गर्न सक्दैन भने सो समाचार प्रकाशन गरी म तथा मेरो परिवार विरुद्धमा अत्यन्तै झुटो समाचार प्रकाशन गर्नेहरुलाई हदैसममको कारबाही गरियोस् भनी माग गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेकाहरुलाई केही समय यता विभिन्न मिडियाले प्रहार केन्द्रीत गरिरहेका छन् । यही क्रममा थापा विरुद्ध पनि समाचार आएको बताईन्छ । थापा ओली निकटस्थ युवा नेता हुन् ।

भ्रष्टाचारीलाई सर्वस्व सहित जन्मकैद हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै उजुरीमा भनिएको छ– ‘ जीवनमा भ्रष्टाचार र कमिसनखोरी तथा कुनै पनि किसिमको अनैतिकताको मामिलामा कहिले पनि दाग नलागेको म म राज्यको कुनै पदमा छुइन । हो, भ्रष्टाचारको विरुद्धमा लाग्ने सामाथ्र्य भने हरेक नेपाली नागरिकले झै म पनि राख्छु । अनि, म गलतलाई गलत हो भन्ने सामथ्र्य पनि राख्छु र आफ्नो पवित्र र निष्कलंक जीवन यात्रामा आइलागेको यस्तो तथ्यहिन आरोप तथा समाचारको डटेर खण्डन गर्ने र कारबाहीको माग गर्ने नैतिक सामथ्र्य पनि राख्दछु ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १९:०९