१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


२५ चैत, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा पार्टीअध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित अन्य सदस्यहरुको उपस्थिति छ ।

सचिवालय सदस्यहरुको निरन्तर दबाबपछि प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको आह्वान गरेका हुन् । सचिवालय सदस्यहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले बैठक बोलाउन आग्रह गर्दै आएका थिए ।

सरकारको पछिल्ला कदमहरु एक पछि अर्को विवादित बन्दै गएपछि छलफल गर्न सचिवालय बैठकको माग गरिएको थियो । आजको बैठकमा सरकारको कामबारे विशेष समिक्षा हुनेछ । साथै बैठकबाट कोरोना महामारीविरुद्वको आगामी कदमबारे केहि निर्णय हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १७:२५