१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चिकित्साकर्मीहरुलाई सबैले आदर, सम्मान र हौसला प्रदान गराैँः मुख्यमन्त्री पोखरेल


२५ चैत, काठमाडाैँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललले चिकित्साकर्मीहरुलाई सबैले आदर, सम्मान र हौसला प्रदान गर्नुपर्ने बताउनु भएको छ । मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो विचार राख्दै मुख्यमन्त्री पोखरेलले कोभिड १९ विरुद्धको संघर्षमा चिकित्साकर्मीहरु नै फ्रन्टलाईन योद्धा भएको बताएका छन ।

मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन ‘कोभिड १९विरुद्धको संघर्षमा चिकित्साकर्मीहरु नै फ्रन्टलाईन योद्धा हुन् । उनीहरुलाई सबैले आदर र सम्मान गर्नु पर्दछ । हौसला प्रदान गर्नु पर्दछ । यो लडाइको मुख्य संयोजनकर्ता राज्य हो ।यसमा राज्यका सबै अंगहरु राजनीतिक,प्रशासनिक र जंगी सबै एकजुट भएर परिचालित हुनुपर्दछ ।’

पोखरेलको भनाइ जस्ताको त्यस्तै तल पढ्न सक्नुहुन्छ

कोभिड १९विरुद्धको संघर्षमा चिकित्साकर्मीहरु नै फ्रन्टलाईन योद्धा हुन् । उनीहरुलाई सबैले आदर र सम्मान गर्नु पर्दछ । हौसला प्रदान गर्नु पर्दछ । यो लडाइको मुख्य संयोजनकर्ता राज्य हो ।यसमा राज्यका सबै अंगहरु राजनीतिक,प्रशासनिक र जंगी सबै एकजुट भएर परिचालित हुनुपर्दछ । सेना पनि राज्य र सरकारको मातहतको महत्वपूर्ण अंग हो ।नेपाल प्रहरी र सशस्त्र प्रहरी वलसंगै नेपाली सेनालाई पनि यस लडाइमा प्रभाकारी ढंगले परिचालन गर्नु पर्दछ ।

संकटपूर्ण परिस्थितमा निजामती प्रशासनको तुलनामा जंगी प्रशासनको परिचालन वढि प्रभावकारी हुन्छ ।विगत देखिनै राज्यले यो अभ्यास गर्दै आएको छ । यस महामारी विरुद्धको संघर्षमा जनताको सहयोग निकै नै महत्वपूर्ण छ र आगामी दिनमा त्यसलाई थप प्रभावकारी बनाउनु आवश्यक छ । जनताका बीचवाट संगठित राजनीतिक दल लगायत सबै संस्थाहरु यस अभियानमा सहयोगी बन्नु आवश्यक हुन्छ ।

संक्रमण फैलन नदिन सामाजिक दुरी सबैभन्दा ठुलो हतियार हो । लकडाउन सोही प्रयोजनका लागि हो । लकडाउन लामो हुदा दैनिक ज्यालादारीमा जिवन निर्वाहगर्नेहरुले कठिनाइ वेहोर्नु पर्नेहुन सक्छ । त्यस्ता व्यक्तिहरुका लागि सबै मिलेर एकद्वार प्रणालीवाट सहयोग गर्नु पर्दछ । राहतको व्यवस्था पालिकाले गर्ने र वितरणको व्यवस्था वडा कार्यालयको व्यवस्थापनमा टोलसंस्था मार्फत गरिनु पर्दछ ।

भारत लगायत तेस्रो मुलुकवाट आएका सबैजना क्वारेन्टाइन/होम क्वारेन्टाइनमा वसेर सहयोग गर्नु पर्दछ । कोभिड १९को लक्षण देखिएका सबैमा संक्रमण भएको हुन्छ भन्ने होइन । तर पनि आइसोलेसनमा वसेर उपचार गराउनु पर्दछ । त्यसका लागि सामाजिक दुरी कायम गर्दै नजिकैको स्वास्थ संस्थामा जानु पर्छ । सरकारले त्यस्ता सबैको स्वाव परिक्षणको व्यवस्था मिलाएको छ ।

कोभिड १९ को उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ । कसैले पनि रोग लुकाउने गल्ती गर्नु हुदैन ।यतिवेला रोग लुकाउनु युद्ध अपराध गरे जस्तै कमजोरी हुनेछ । अस्पतालमा आएका विरामीका आधारमा हामी कोभिड १९ को महामारीवाट जोगिन सक्ने अवस्थामा नै छौ । तर उच्च सतर्कता आवश्यक छ । यस लडाइमा भ्रम र अफवाह फैलाउनेहरु तथा भिडभाडजन्य परिस्थिति सिर्जना गर्नेहरु समाजका सबैभन्दा ठुला शत्रु हुन् । यस प्रवृत्तिवाट सबैजना जोगिनु पर्दछ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १२:५९