१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस


२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले ३ जनाकाे नाम सिफारिस गरेकाे हाे ।

सिफारिसमा पर्नेहरूमा अर्थमन्त्रालयका पूर्वसचिव डा. राजन खनाल, राष्ट्र बैंकका डेपुटी गभर्नर तथा अहिलेका राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत चिन्तामणि सिवाकोटी र राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी रहेका छन् ।

समितिले सिफारिस गरेका तीन नाम मध्येबाट मन्त्रीपरिषदले एक जनालाई गभर्नर नियुक्त गर्नेछ। सम्भवतस् आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्त गर्नेछ।  अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १२:३३