१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लकडाउनमा थप कडाइ गर्ने सरकारको निर्णय, एक स्थानीय तहबाट अर्कोमा जान समेत रोक


२२ चैत, काठमाडाैँ । सरकारले सरकारले कोरोना रोकथामका लागि उच्च सतर्कता अउनाउँदै गरेको लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा कडाइ गर्ने निर्णय गरेको हो । कैलालीमा परिवारका सदस्यलाइ कोरोना सरेको पुष्टि भएपछि सरकारले यस्तो निर्णय लिएको हो ।

यस्तै सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा र्यापिड टेस्ट किट प्रयोग गरेर कोरोनाको परीक्षण गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । उनले र्यापिड टेस्ट किटको परीक्षणबाट रिपोर्ट पोजेटिभ देखिए पुन पिसिअार टेस्ट गर्ने निर्णय भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार २०:२२