१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपालमा एकैदिन ३ जना कोरोना संक्रमित भेटिए


२२ चैत, काठमाडाैँ । नेपालमा एकैदिन ३ जना कोरोनाकाे नयाँ संक्रमित भेटिएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबार ३ जना नयाँ व्यक्तिमा काेराेनाकाे संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

मुम्बईबाट फर्किएका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।

यसअघि नेपालमा ६ जना काेराेना संक्रमित भेटिएका थिए । पसमध्य एक जना निकाे भएर घर फर्किसकेका छन् भने बाँकी ५ जना अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १३:१६